०६ साउन २०८३, बुधबार

मोरङमा कटुवा पेस्तोल र लागूऔषधसहित ५९ वर्षीय वृद्ध पक्राउ

साउन ६, २०८३
विराटनगर
मोरङमा कटुवा पेस्तोल र लागूऔषधसहित ५९ वर्षीय वृद्ध पक्राउ

मोरङको विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र लागूऔषधसहित ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरेको छ ।

आइतबार राति करिब १२:१० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह  र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले यादवको कोठामा खानतलासी गर्दा उक्त हातहतियार र लागूऔषध फेला पारेको हो ।

प्रहरीका अनुसार यादवको साथबाट एक थान कटुवा पेस्तोल, ३ ग्राम ७ मिलिग्राम खैरो हिरोइन र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको जानकारी दिए ।  

उनीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्