
कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि उपजको दैनिक थोक मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडाको अधिकतम मूल्य प्रतिकेजी ६० रुपैयाँ, सानो लोकल गोलभेडा १२ रुपैयाँ र टनेल गोलभेडा २० रुपैयाँ कायम भएको छ। रातो आलु ३८ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ तथा भारतीय सुकेको प्याज ५२ रुपैयाँ प्रतिकेजीसम्म कारोबार भइरहेको छ।
स्थानीय बन्दा ६० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ प्रतिकेजी पुगेको समितिले जनाएको छ। भिण्डी ३० रुपैयाँ, लौका ५० रुपैयाँ, घिरौला ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, तितो करेला ४० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ तथा हरियो फर्सी ५० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भइरहेको छ।
हरियो प्याजको अधिकतम मूल्य १५० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, अदुवा १४० रुपैयाँ, नेपाली सुकेको लसुन १८० रुपैयाँ र चाइनिज सुकेको लसुन २२० रुपैयाँ प्रतिकेजी रहेको छ। अकबरे खुर्सानी ३०० रुपैयाँ, भेडे खुर्सानी ८० रुपैयाँ तथा हरियो खुर्सानीका विभिन्न जात ३० देखि ५० रुपैयाँ प्रतिकेजीसम्म पुगेका छन्।
फलफूलतर्फ फूजी स्याउ प्रतिकेजी ३०० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन २०० रुपैयाँ, नेपाली केरा २५० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ४२० रुपैयाँ, मालदह आँप ९० रुपैयाँ र दसहरी आँप १०० रुपैयाँ रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
यस्तै जुनार २३० रुपैयाँ, नासपाती २५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, स्थानीय लिच्ची २०० रुपैयाँ, भारतीय लिच्ची ३०० रुपैयाँ, हरियो नरिवल १७० रुपैयाँ तथा तरबुजा ६० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भइरहेको समितिले जनाएको छ।