१६ असार २०८३, मंगलबार
रास्वपा महाधिवेशन

रवि लामिछानेले रास्वपा सभापतिमा उम्मेदवारी दिने, प्रस्तावकमा बालेन शाह

असार ९, २०८३
काठमाडौं
रवि लामिछानेले रास्वपा सभापतिमा उम्मेदवारी दिने, प्रस्तावकमा बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुन: पार्टीको सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

रास्वपाका नेता एवं परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार लामिछानेले सभापति पदका लागि उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । 

उनको उम्मेदवारीको प्रस्तावकमा प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह रहने खनालले जानकारी दिए ।

रास्वपाले सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रूपैयाँ दस्तुर, एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था छ ।

लामिछानेको उम्मेदवारीका लागि प्रस्तावकको नाम टुंगो लागिसकेको भए पनि समर्थकहरूको सूची भने सार्वजनिक भएको छैन ।

रास्वपाले चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दैछ । 

salt training

कमेन्ट गर्नुहोस्