१६ असार २०८३, मंगलबार

वाराणसीबाट शुरू भयो एयर इन्डियाको 'इजी कनेक्ट' सेवा, के छ फाइदा ?

असार १५, २०८३
काठमाडौं
वाराणसीबाट शुरू भयो एयर इन्डियाको 'इजी कनेक्ट' सेवा, के छ फाइदा ?

भारतीय ध्वजावाहक विमान कम्पनी एयर इन्डियाले भारत सरकारको नयाँ 'हब एन्ड स्पोक' प्रारू अन्तर्गत आफ्नो पहिलो ‘इजी कनेक्ट’ उडान सेवा शुरू गरेको छ । 

ऐतिहासिक शुरूआतसँगै पहिलो ‘इजी कनेक्ट’ सेवाको उडान नम्बर 'एआई ११११' हालै वाराणसीबाट प्रस्थान गरेको छ। उक्त उडानका अन्तर्राष्ट्रिय यात्रुहरूले दिल्ली विमानस्थल हुँदै त्यहाँबाट दुबई, कोलम्बो, जेद्दार, रियाद, काठमाडौं र फुकेतसहित भारत बाहिरका ९ वटा अन्तर्राष्ट्रिय गन्तव्यका लागि आफ्नो अगाडिको यात्रा तय गरेका छन्।

भारतका नागरिक उड्डयन मन्त्री किन्जरापु राममोहन नायडुले वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो ‘इजी कनेक्ट’ उडानको उद्घाटन गरे। 

यो 'हब एन्ड स्पोक' सेवा शुरू गर्ने एयर इन्डिया भारतकै पहिलो एयरलाइन्स बनेको छ। कम्पनीले सेवालाई चरणबद्ध रूपमा देशभर विस्तार गर्ने योजना बनाएको छ । यसअन्तर्गत वाराणसीबाहेक अन्य घरेलु सहरहरूलाई दिल्ली, मुम्बई र बङ्गालुरुजस्ता एयर इन्डियाका प्राथमिक हबहरूसँग जोडिनेछ । यसले करोडौँ भारतीयहरूका लागि सुरुदेखि अन्त्यसम्मको अन्तर्राष्ट्रिय यात्रालाई सहज बनाउनेछ।

आगामी केही महिनाभित्र एयर इन्डियाले भारतका अन्य प्रमुख सहरहरू जस्तै– अहमदाबाद, अमृतसर, चेन्नई, गोवा, गुवाहाटी, हैदराबाद, कोच्ची, मुम्बई, पटना, वडोदरा र विशाखापट्टनमबाट पनि क्रमशः ‘इजी कनेक्ट’ सेवा सुरु गर्ने लक्ष्य राखेको छ। यसले भारतीय यात्रुहरूको विश्वव्यापी पहुँचको तरिकालाई पूर्ण रूपमा बदल्ने विश्वास गरिएको छ।

तथ्याङ्कअनुसार भारतबाट वार्षिक रूपमा करिब २ करोड ५० लाख यात्रुहरू लामो दूरीको यात्रा गर्छन्, जसमध्ये करिब २ करोड यात्रुहरू कनेक्टिङ यात्रु हुन्। तर, विडम्बना के छ भने तीमध्ये करिब ८५ प्रतिशत यात्रुहरूले हाल भारतीय विमानस्थलको सट्टा विदेशी हबहरूमार्फत ट्रान्जिट गर्ने गरेका छन्।

‘इजी कनेक्ट’ सेवा भनेको साना वा सिधा अन्तर्राष्ट्रिय उडान नभएका विमानस्थल (स्पोक) बाट मुख्य विमानस्थल (हब) सम्म गरिने उडान हो, जसलाई हब विमानस्थलबाट बाहिरका अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग सहज रूपमा जोडिने गरी तय गरिएको हुन्छ।

salt training

कमेन्ट गर्नुहोस्