१३ असार २०८३, शनिबार

क्रिकेटर सन्दीप लामिछाने र ओलम्पियन उमेश मास्के सम्मानित

असार १०, २०८३
काठमाडौं
क्रिकेटर सन्दीप लामिछाने र ओलम्पियन उमेश मास्के सम्मानित

क्रिकेटर सन्दीप लामिछाने र बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के सम्मानित भएका छन् ।

उनीहरूलाई शरदचन्द्र शाहा मेमोरियल फाउन्डेसनले 'एससीएसएमई स्पोर्ट्स अवार्ड'मार्फत सम्मान गरेको हो ।​

उनीहरूले नेपाली खेलकुदमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको एससीएसएमईले जनाएको छ ।

मास्केले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक उपस्थिति जनाएका थिए ।

सक्रिय खेल जीवनबाट सन्यास लिएपछि पनि नेपालमा बक्सिङ खेलको प्रवर्द्धनमा उनले योगदान दिँदै आएका छन् । 'न्यू राइजिङ स्पोर्ट्स क्लब'को स्थापना गर्नुका साथै उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली बक्सिङ टोलीको म्यानेजर र संयोजकको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् १९८८ देखि १९९२ सम्म कोषाध्यक्ष र सन् १९९५ देखि २००० सम्म नेपाल बक्सिङ संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै बक्सिङ खेलको विकासमा पुर्‍याएको उच्च योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लामिछाने विश्वप्रसिद्ध इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

उनीहरू दुवै जनालाई जनही २ लाख ५० हजार रुपैयाँ र कदरपत्र प्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्