१३ असार २०८३, शनिबार

बुटवलमा नक्कली औषधि बिक्री गरेको आशंका, परीक्षणका लागि विभागमा पठाइयो

असार १०, २०८३
काठमाडौं
बुटवलमा नक्कली औषधि बिक्री गरेको आशंका, परीक्षणका लागि विभागमा पठाइयो

बुटवलको अस्पताल लाइनस्थित सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा प्रहरीले बुधबार छापा मारेको छ । 

नक्कली औषधि बेचेको सूचनाका आधारमा जनस्वास्थ्य कार्यालय, रूपन्देहीको रोहबरमा प्रहरीले प्रहरीले छापा हानी शङ्कास्पद औषधि जफत गरेको हो । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले बरामद गरिएको औषधि परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाएको बताए । 

प्रहरीले फार्मेसीबाट  ६७ पत्ता स्वासप्रस्वाससम्बन्धी औषधि बरामद गरेको छ । औषधिको शङ्कास्पद मूल्य र व्यापारिक शैलीलाई लिएर आएका विभिन्न गुनासाका आधारमा प्रहरीले उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखेको श्रीवास्तवले बताए । 

भारतमा निर्मित उक्त औषधि नक्कली फेला परेपछि औषधि व्यवस्था विभागले सूचना जारी गरेर खरिद बिक्री नगर्नका लागि निर्देशन गरेको थियो । 

बरामद गरिएका कतिपय औषधिको वैध आयात वा आधिकारिक खरिद बिल समेत फेला नपरेपछि ती औषधि कहाँबाट र कसरी बुटवलसम्म आइपुगे भन्नेबारे प्रहरीले गम्भीरतापूर्वक खोजी गरिरहेको जनाएको छ । 

प्रहरीले पक्राउ परेका औषधि व्यवसायीमाथि औषधि ऐन र जनस्वास्थ्य विरुद्धको कसुर अन्तर्गत कानूनी प्रक्रिया अघि बढाउने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्