
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा सबैभन्दा बढी मत प्राप्त गर्दै निर्वाचित भएका वाग्लेले देशभरका महाधिवेशन प्रतिनिधिबाट २ हजार ६०७ र प्रवासतर्फबाट ४९ मतसहित कुल २ हजार ६५६ मत प्राप्त गरेका छन्।
अन्तिम मत परिणाम सार्वजनिक भएसँगै उनले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गर्ने उनका सचिय सचिव नवीन ढुंगानाले जानकारी दिए ।