१५ असार २०८३, सोमबार

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

असार १४, २०८३
कञ्चनपुर
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार गत वैशाखयता अढाई महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा तीन महिला र १२२ पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अढाइ महिनाको अवधिमा लागुऔषधसम्बन्धी ६७ मुद्दा दर्ता भएको जानकारी दिए । 

कञ्चनपुर प्रहरी, सशस्त्र प्रहरी र लागुऔषध नियन्त्रण ब्युरोले यहाँ दैनिक लागुऔषधको अवैध कारोबारी, प्रयोगकर्तालाई लागुऔषधसहित धमाधम कानुनी कारबाहीको दायरामा ल्याइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्