१५ असार २०८३, सोमबार
रास्वपा महाधिवेशन

रास्वपा महामन्त्रीमा मनिष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा

असार १२, २०८३
काठमाडौं
रास्वपा महामन्त्रीमा मनिष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीका लागि ४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

महामन्त्रीमा उम्मेदवारी दिएका १० जनामध्ये ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ४ जनाबीच प्रतिस्पर्धा हुने भएको हो ।

महामन्त्रीमा उम्मेदवारी दिएका कवीन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, जगदीश खरेल, रञ्जु दर्शना र गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै अब महामन्त्रीका लागि मनिष झा, विपिनकुमार आचार्य, सागर ढकाल, गणेश कार्कीबीच प्रतिस्पर्धा हुने भएको हो ।

निवर्तमान महामन्त्री बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, जगदीश खरेल र रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

६ दिनदेखि जारी महाधिवेशनमा हिजोराति बल्ल केन्द्रीय सदस्यहरूको निर्वाचन भएको थियो । त्यसपछि दोस्रो चरणमा आज पदाधिकारी चयन गर्न लागिएको हो ।

पदाधिकारीका लागि महिला उपसभापति- १, महामन्त्री- १ र सहमहामन्त्री- ३ पदका लागि निर्वाचन हुँदैछ ।

उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीको उम्मेदवारी कायम छ । सहमहामन्त्रीमा पनि १६ जनाकै नाम कायम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्