गायक बिक्रम परियारले 'गुन्द्रुक मस्यौरी' बोलको पञ्चेबाजा गीत बजारमा ल्याएका छन् ।
आइतवार उनले आफ्नै यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।
बिक्रम परियार र ममता कोइरालाको स्वर गरेको गीतमा बीबी अनुरागीले शब्द तथा संगीत भरेका हुन् ।
गीतलाई श्यामश्वेत रसाइलीले एरेञ्ज गरेका हुन् ।
गीतको म्युजिक भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा पुजन घिमिरे र इन्द्र बस्नेतको अभिनय रहेको छ ।
बिक्रम परियारको 'चौतारीको बर' अत्यधिक रुचाइएको गीत हो ।
यो पनि पढ्नुहोस् :
भिडियो हेर्नुहोस् :