×

NIC ASIA

बुटवलका २ ‘ड्रीम प्रोजक्ट’ : धमाधम बन्दैछन् सम्मेलन केन्द्र र प्रदर्शनी स्थल

फागुन ५, २०७६

Prabhu Bank
NTC
Premier Steels

प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा दुईवटा ठूला आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ । 

Muktinath Bank

पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल–१० रामनगरमा राजधानी बाहिर एकै ठाउँमा राष्ट्रिय गौरवका दुई आयोजना बुटवल सभाहल र बुटवल प्रदर्शनी केन्द्रको काम धमाधम भइरहेको हो । यी दुवै अन्तर्राष्ट्रिय स्तरका संरचनाहरू हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै ‘ड्रीम प्रोजेक्ट’को मुख्य योजनाकार पूर्व अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेल हुन् । यस क्षेत्रका सांसद समेत रहेका पौडेलले जलस्रोत मन्त्री हुँदा सभाहल र अर्थमन्त्री हुँदा प्रदर्शनी केन्द्र बनाउने योजना ल्याएका थिए ।


Advertisment
Nabil box
Kumari

१६ विगाहा जमिनमा बनिरहेका बुटवल सभाहल र बुटवल प्रदर्शनी केन्द्रले प्रदेशकै मुहार फेर्ने अपेक्षा छ । यी दुई आयोजना बनेपछि बुटवल भौतिक पूर्वाधारमा बलियो बन्नेछ । बुटवलमा निर्माणाधीन सभाहल मुलुककै ठूलो सभाहल हुनेछ ।   

Vianet communication

सभाहल निर्माणका लागि पाँच वर्ष अघि ०७१ माघ १५ गते रबिना/समानान्तर/सूर्यचन्द्र जेभी काठमाडौंले ठेक्का पाएको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको वृहत् गुरुयोजना अनुरूप नै धमाधम निर्माण कार्य भइरहेको आयोजनाका कार्यालय प्रमुख शिखर लामाले जानकारी दिए ।  

कुल २३ करोड ७६ लाख ७१ हजार बराबरमा टेन्डर स्वीकृति भएको यो पहिलो चरणको काम म्याद थप गरेर अब आउँदो वर्षको असार १८ गतेसम्म पहिलो चरणको निर्माण कार्य सक्नुपर्ने छ । 

करीब १६ बिगाह क्षेत्रफलमा निर्माण भइरहेको सम्मेलन केन्द्रको हाल ब्लक ‘ए’, ‘बी’ र ‘सी’ को संरचना निर्माणका काम सम्पन्न भएर साजसज्जा तथा छाना लगाउने लगायतका काम भइरहेका छन् ।

हालसम्म झण्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । आकाशबाट  हेर्दा नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिने सम्मेलन केन्द्रमा दुईतले व्यावसायिक भवन, चारवटा प्रवेशद्वार, एक हजार क्षमताको खुलामञ्च, सूचना प्रविधि, हरियालीका लागि आकर्षक बगैँचालगायत रहने छन् । 

ठेक्का सम्झौता भएको लामो समयसम्म निर्माणस्थलमा रहेका रुखहरू हटाउने विषयमा वन मन्त्रालयले स्वीकृति नदिँदा निर्माणको काम अघि बढ्न सकेको थिएन । 

अहिले कानूनी जटिलतासमेत सबै समाधान भएर निर्माणका कामहरू धमाधम भइरहेका छन् । 

यी संरचनालाई बुटवलमा निर्माण भएपनि समग्र मुलुककै गहनाका रूपमा लिनुपर्ने बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन् ।

पहिलो चरणमा निर्माण भइरहेको बुटवल सभाहल बेसमेनसहित चारतलाको हुनेछ । बेसमेनमा करीब सात सय सिटको सभाहल, ५० सिटको बैठक कक्ष, भीआईपी च्याम्बर, बिजनेश सेन्टर, इन्टरनेट कक्ष, सुरक्षा कक्ष, मायाको चिनो बिक्रीस्थल तीनवटा र शौचालय रहने छन् । यस्तै पहिलो तलामा ५० सिट क्षमताका दुईवटा लेक्चर हल, रजिष्ट्रेसन कक्ष र शौचालय रहने छन् । 

यसैगरी दोस्रो तलामा ४ सय ३० सिट क्षमताको बाल्कोनी र शौचालयहरू निर्माण भइरहेका छन् । तेस्रो तलामा जीएम (जेनरल मेनेजर) को कार्यकक्ष, प्रशासनिक कक्ष, लेखा कक्ष, ८० सिट क्षमताको ब्रिफिङ कक्ष तथा चारवटा प्रशारण कक्ष र शौचालयहरू रहनेगरी धमाधम निर्माण कार्य भइरहेको छ । 

यी सबैको संरचना खडा भइसकेर अहिले साजसज्जाको काम चलिरहेको छ । यहाँ दैनिक एक सय ५० जति कामदार खटिएका छन् । उनीहरूले भवन निर्माण, रंगरोगन, मार्बल टायल जडानदेखि इलेक्ट्रिकलका कामहरू गरिरहेका छन् । 

बुटवल सभाहल (सम्मेलन केन्द्र)लाई दुई चरणमा विभाजन गरेर काम शुरू भएको थियो । सोहीअनुरूप पहिलो चरणको काम लगभग ८० प्रतिशत पूरा भइसकेको छ भने अर्को चरणको काम पनि लगभग २५ प्रतिशत पूरा भइसकेको छ । दोस्रो चरणको कामका लागि जेडसीजीआइइसी/आषिस जेभी काठमाण्डौं नामको निर्माण कम्पनीले ०७४ असार २३ गते कार्यादेश पाएको थियो ।

काम शुरू भएको तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी ८० करोड ३१ लाख ७० हजार एक सय ८८ रुपैयाँमा टेण्डर स्वीकृति भएको थियो । दास्रो चरणअन्तर्गत हाल साउथ ब्लकको ग्राउण्ड फ्लोरको स्ल्याब र ट्रस, नर्थ ब्लकको ग्राउण्ड फ्लोरको छत ढलान, सर्भिस ब्लकमा प्लिन्थ लेभलको कोलुम, स्टाफ क्वाटरमा फाउन्डेशनको काम भइरहेको छ । 

बुटवल सभाहलको दोस्रो चरणमा उत्तरी र दक्षिणी ब्लक गरी बेसमेनसहित थप दुई तलाको हुनेछ । ग्राउण्ड फ्लोरमा एक सय २६ सिट क्षमताको मिटिङ हल, ७३ सिट क्षमताका अलग–अलग डिजाइनका पाँचवटा मिटिङ हल र प्राथमिक उपचार कक्ष निर्माण हुनेछन् । त्यस्तै पहिलो तलामा ६२ सिट क्षमताको मिटिङ हल, एक सय २६ सिट क्षमताका दुईवटा आकर्षक मिटिङ हल र ४२ सिट क्षमताका तीनवटा मिटिङ हल निर्माण हुनेछन् ।

दक्षिणी ब्लकलाई प्रदर्शनी स्थलका रूपमा निर्माण गरिनेछ । यो ब्लकको ग्राउण्ड फ्लोरमा मात्रै तीनवटा प्रदर्शनी हल र प्रिफङ्सन कक्ष निर्माणका काम शुरू भएका छन् । 

सभाहलको बाहिर सयौं सवारी साधन अट्ने गरी पार्किङ, जलधारासहितको हरियाली बगैँचासमेत निर्माण हुनेछन् । 

बुटवल प्रदर्शनी स्थल 

बुटवल मण्डपमै करीब ६.४ विगाह क्षेत्रफलमा राष्ट्रिय गौरवको अर्को महत्त्वपूर्ण आयोजना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको पनि काम शुरू भएको छ ।

२०६५ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री र विष्णु पौडेल जलस्रोत मन्त्री रहेको बेला सरकराले प्रदर्शनी केन्द्र निर्माणका लागि बुटवल मण्डपको १६ बिघा जग्गा दिने निर्णय गरेको थियो ।

बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम पनि धमाधम अगाडि बढेको छ । गत जेठ १३ गते यस क्षेत्रका सांसद पौडेलले शिलान्यास गरेका थिए ।  एक अर्ब दुई करोड १४ लाख ५३ हजार ८२ रुपैयाँमा टेन्डर स्वीकृति भएको यो प्रदर्शनी केन्द्र २७ महिनाभित्रमा निर्माण सक्नेगरी क्यापासिटई इन्फ्राप्रोजेक्ट्स–गौरी पार्वती जेभी काठमाण्डौंले वैशाख १३ गते कार्यादेश पाएको थियो । 

हाल प्रदर्शनी हलको जगको ढलान गर्ने काम भइरहेको छ । यसलाई करीब २५ प्रतिशत काम पूरा भएको बताइन्छ । 

प्रदर्शनी केन्द्रमा तीनवटा ठूला प्रदर्शनी कक्ष रहनेछन् । जहाँ ८ सय ३८ वटा स्टलहरू रहने छन् । चार सय ५० र ३ सय सिट क्षमताका मिटिङ हल, २ सय जनाले एकैपटक बसेर खान मिल्ने खाजा कक्ष, बाल उद्यानसहितको ठूलो पहाडी ढाँचाको आकर्षक बगैैँचा तथा बिजनेश सेन्टर, रजिस्टे«शन र फङ्सन लबी निर्माण हुनेछन् ।

यस्तै अन्तर्राष्ट्रिय ढाँचाको प्रशासनिक केन्द्र, सार्वजनिक सुरक्षा, प्राथमिक उपचार, शौचालय निर्माण हुनेछन् । यस्तै अन्तर्राष्ट्रिय स्तरको सुरक्षा यन्त्र जडित प्रवेशद्वार, प्रिफङ्सन लबी र आगमन कक्ष निर्माण हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x