फागुन २१, २०७९
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)को सन्त्रास नेपालमा पनि फैलिएको छ । सौभाग्य भन्नुपर्छ, अहिलेसम्म नेपालमा यसको संक्रमण फैलिन पाएको छैन ।
शुरूमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि उनी निको भइसकेको दाबी सरकारी पक्षको छ । त्यसयता कोरोनाको आशंकामा अस्पताल भर्ना भएकाहरूको रिपोर्ट नेगेटिभ (कोरोनाको संक्रमण नपाइएको) आएको बताइएको छ ।
चीनबाट फर्काइएका १ सय ८६ जना नेपाली नागरिक क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्केका छन् । कोरोनाको उद्गम थलो चीनको वुहानबाट फर्काइएका उनीहरूमा कोरोनाको नेगेटिभ नतिजा आउनु नेपाल लागि सुखद् कुरा हो । ढिलै भएपनि क्वारेन्टाइनमा नेपालले राम्रो व्यवस्थापन गर्न सक्यो ।
कोरोनाको प्रकोप चीनबाहिर पनि फैलिँदै जाँदा नेपालमा पनि यसको सन्त्रास फैलियो । विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको भनेर चेतावनी दिएपछि नेपालमा हुने ठूला सम्मेलनहरू स्थगित हुँदैछन् ।
बहुप्रचारित सगरमाथा सम्मेलन स्थगित भइसकेको छ भने महत्त्वाकांक्षी नेपाल भ्रमण वर्षका विदेशमा हुने कार्यक्रम पनि स्थगित गरिएको छ । ५ देशमा उडान स्थगित र ५ देशका नागरिकका लागि अनअराइभल भिसा स्थगित गरिएको छ । कोरोनाका कारण नेपालको पर्यटन उद्योगमा फेरि एकपटक मन्दी आउने खतरा छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमण फैलिन नपाउनु सुखद् कुरा हो, तर भविष्यमा कोरोनाको संक्रमण रोक्नु झनै महत्त्वपूर्ण कुरा हो । यसका लागि सरकारले केही पूर्वतयारी गर्न जरुरी छ । सरकारले अहिलेसम्म गरेको तयारी पर्याप्त र सन्तोषजनक छैन । विमानस्थलमा भइरहेको थर्मल स्क्यानिङ पनि कर्मकाण्डी मात्र छ । खुला सीमानाका र विमानस्थलमा समेत अपर्याप्त जाँचका कारण कोरोना नेपाल भित्रिने खतरा कायम छ ।
शहरी क्षेत्रमा यसको संक्रमण फैलियो भने नियन्त्रणका लागि निकै कठीन पर्नेछ । कोरोनासँग जुध्नका लागि नेपालमा आधुनिक उपकरण सहितको अस्पताल छैनन् ।
सरकारी अस्पतालमा सीमित शय्याको व्यवस्था गरेपनि निजी क्षेत्रका अस्पतालले सम्भावित खतराको आंकलन गरेर पूर्वतयारी गरेका छैनन् । कोरोना भित्रिनै नदिनु सरकारको पहिलो कर्तव्य हो, तर भित्रिने खतरालाई नकार्न मिल्दैन । त्यसका लागि अस्पतालहरूले योजना बनाउनु अनिवार्य छ ।
कोरोनाबाट बच्नका लागि जनचेतना फैलाउनु अर्को महत्त्वपूर्ण काम हो । काठमाडौं लगायतका घनाबस्ती रहेका अव्यवस्थित शहरमा यस्ता सरुवा रोग छिट्टै फैलिने खतरा छ । सर्वसाधारणलाई पटक–पटक हात धुने, (मुखावरण) मास्क लगाउन सचेतना फैलाउले जस्ता काम गर्न जरुरी छ ।
बजारमा मास्कको कालोबजारी शुरू भइसकेको छ । सरकारले निःशुल्क रूपमा बाँड्नु पर्ने मास्क बजारमा किन्न समेत नपाइने अवस्था छ ।
नेपालमा तत्काल मास्क उत्पादन गर्न सम्भव नभए सुरक्षित तबरले बजारमा पर्याप्त मास्कको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जान जरुरी छ । भविष्यमा भवितव्य हुनुभन्दा अहिले नै पूर्व तयारीमा लाग्नु बुद्धिमता हुनेछ ।
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...