२४ असार २०८३, बुधबार

भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय फिर्ता, यथाशीघ्र परीक्षा गर्न अर्काे निर्देशन

फागुन २४, २०७६
भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय फिर्ता, यथाशीघ्र परीक्षा गर्न अर्काे निर्देशन

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाले आइतवारदेखि सबै विद्यालय बन्द गर्ने भनेर गरेको निर्णय शनिवार फिर्ता लिएको छ ।

उपमहानगरपालिकाले शिक्षा सरोकारवालासँग बैठक गरेर विद्यालय बन्द गर्ने निर्णय लिएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार १–९ कक्षाको वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्नुपर्ने भएकाले सोही अनुसार गर्न धनगढी उपमहानगरले मातहतका विद्यालयलाई अर्काे निर्देशन दिएको छ ।

शुक्रवारको सूचनालाई फिर्ता लिँदै धनगढी उपमहानगरले शनिवार अर्काे सूचना जारी गर्दै यथाशीघ्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ ।

शनिवार जारी सूचनामा लेखिएको छ, ‘सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू यथावत रुपमा सञ्चालन गरी कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र सञ्चालन गरी मिति २०७६ चैत ५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने निर्णय भएकोले सो अनुसार गर्न गराउन हुन सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।’

यस्तो छ सूचना –

यस्तो थियो शुक्रवारको सूचना - 

salt training

कमेन्ट गर्नुहोस्