१९ असार २०८३, शुक्रबार

त्रिविसहित सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त

असार १९, २०८३
काठमाडौं
त्रिविसहित सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त
फाइल फोटो

त्रिभुवन विश्वविद्यालयसहित सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् ।

नियुक्त हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु मरहट्टा छन्।

उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्