पुस २, २०८०
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
२ नम्बर प्रदेशका सांसदलाई मज्जै–मज्जा छ । १ लाख १७ हजार रुपैयाँको महंगो ल्यापटप पाएका प्रदेश सांसदले महंगो ट्रयाक सूट र जुत्ता समेत निःशुल्क उपहार पाएका छन् ।
गत माघ २१ गते प्रदेशसभा सचिवालयले दोस्रो वार्षिकोत्सव मनाउने क्रममा प्रदेश सभाका १०७ जना सांसदसहित करीब ७० जना सचिवालयका कर्मचारी समेतका लागि महंगो ट्रयाक सूट किनेर वितरण गरेको छ ।
प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले प्रदेश सभाले वार्षिकोत्सव मनाउने क्रममा विभिन्न खेलकुद आयोजना गरिएको र त्यहीँ खेलकुदमा भाग लिने सांसद तथा सचिवालयका कर्मचारीलाई ट्रयाक सूट र जुत्ता दिने भनेर सांसदकै संयोजकत्वमा गठित मूल समारोह समितिले निर्णय गरेको बताए ।
‘अब खेलाडी सांसद तथा कर्मचारीलाई मात्रै दिँदा नरमाइलो लाग्ने हुँदा सबै सांसद तथा कर्मचारीलाई सूट र जुत्ता दिने निर्णय गरिएको थियो,’ प्रवक्ता झाले भने, ‘त्यहीँ निर्णय अनुसार १८० थान जति ट्रयाक सूट किनिएको हो ।’ केही महिनाअघि प्रदेशसभा सचिवालयले सांसदलाई ल्यापटप समेत वितरण गरेको थियो ।
भलिबल, ब्याडमिन्टन, विभिन्न किसिमका दौड, चेस, म्युजिकल चेयर लगायतका खेलकुदको आयोजना गरिएको थियो । ती खेलमा सांसद तथा सचिवालयका कर्मचारीहरू खेलाडीसरह सहभागी भएका थिए । दूर्गा ट्रेड लिंक जनकपुरबाट ती सबै ट्रयाक सूट किनिएको भएपनि हालसम्म बिल भने नआएको उनले बताए । बढीमा ४ हजार रुपैयाँ पर्ने ‘मोन्टी कार्लो’ ब्रान्डको विभिन्न रंगको जाडो मौसममा लगाउन सकिने ट्रयाक सूट किन्ने निर्णय गरिएको थियो । आपूर्तिकर्ताले १८० थान ट्रयाक सूट आपूर्ति गरिसकेको भएपनि बिल भने हालसम्म पेश नगरिसकेका कारण कति खर्च पर्यो भनेर भन्न नसकिने उनले बताए ।
मुख्यमन्त्रीदेखि मन्त्री तथा सांसदले बुझे ट्रयाक सूट
सचिवालयका कर्मचारी धर्मेन्द्रलाल कर्णको जिम्मामा रहेका ट्रयाक सूटमध्ये मुख्यमन्त्रीदेखि मन्त्री तथा सांसदले भरपाई गर्दै ट्रयाक सूट बुझेका छन् । कतिपय सांसदले भने ट्रयाक सूट बुझ्न बाँकी नै रहेको कर्णले बताए ।
सचिवालयको अभिलेख अनुसार हालसम्म सभामुख सरोजकुमार यादव, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नबलकिशोर साह सुडी, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, राज्यमन्त्रीहरू सरोजसिंह कुशवाहा, योगेन्द्र राय यादवले ट्रयाक सूट बुझेका छन् । सांसद अशोककुमार यादव, उपेन्द्रप्रसाद कुशवाहा, किरणकुमारी राय, किशोरी साह कमल, कौशलकुमार यादव, चमेलीदेवी दास, जगतारणदेवी सुडीन, जयनुल राइन, परमेश्वर साह सुडी, प्रमिलादेवी दास, प्रह्लाद गिरी गोस्वामी, भारतप्रसाद साह, मञ्जु कुमारी यादव, मोहम्मद समिम, रानीकुमारी तिवारी, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, रिना यादव, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा, सुनितादेवी मोचीले बुझेका छन् ।
२ हजारको जुत्तालाई ५ हजारको बिल
प्रदेशसभा सचिववालयले खेलकुदमा सहभागी भएका खेलाडी सांसद र कर्मचारीलाई जुत्ता समेत दिने भनेर निर्णय गरेको थियो । ४ हजार रुपैयाँसम्मको जुत्ता आफैं किनेर बिल पेश गर्न भनिएको थियो । ‘सबै माननीयज्यूहरूको छुट्टाछुट्टै नाप हुने भएका कारण आ–आफैं किनेर बिल पेश गर्न भनिएको थियो,’ प्रवक्ता झाले भने, ‘तर अहिले उहाँहरूले बिल भने पेश गर्नुभएको छैन ।’
सांसदले २ हजार रुपैयाँमा किनेको जुत्ताको ५ हजार रुपैयाँको बिल प्रदेश सभाको नाममा बनाएर लगेको जुत्ता पसलका सञ्चालकले लोकान्तरलाई जानकारी दिए । ‘१ जना महिला तथा १ जना पुरुषसहित २ जना सांसद मेरो पसलमा जुत्ता किन्न आउनुभएको थियो,’ जनकपुरको शिव चोकस्थित लभ्ली जुत्ता पसलका सञ्चालक जानी खानले भने, ‘तर उहाँहरूले २ हजारको बिलको ठाउँमा ४ हजार ९५ रुपैयाँ र ५ हजार रुपैयाँको शिखर कम्पनीको जुत्ताको बिल लग्नुभयो ।’
गत वर्ष समेत सांसदले यसरी नै ट्रयाक सूट र जुत्ता लिएका थिए, यस वर्ष पनि पाएका छन् । सेवासुविधा लिने कुरामा सबै सांसद एकजुट हुने गरेका छन् । गत वर्ष वार्षिकोत्सव मनाउने क्रममा भोजभतेर र मोजमस्तीमै २३ लाखभन्दा बढी रकम खर्च गरेको प्रदेशसभा सचिवालयले यस वर्ष कति रकम खर्च गर्यो भन्ने कुरा बताउन चाहेको छैन । ‘अहिले सबै बिल आउन बाँकी नै रहेका कारण यस वर्षको वार्षिकोत्सवमा कति रुपैयाँ खर्च भयो भनेर अहिले नै भन्न सकिने अवस्था छैन,’ प्रवक्ता झाले भने ।
खेलमा सहभागी भएका ३६ जना सांसद र ३७ कर्मचारीले मात्र जुत्ता पाउने प्रदेशसभा सचिवालययले जनाएको छ ।
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...