×

NMB BANK
NIC ASIA

सांसद ‘अपहरण’ हुँदाहुँदै जब एसपीले मन्त्रीसँग बोले झूट, भिडियो हेर्दा सबै पर्दाफास !

बैशाख १३, २०७७

NTC
Premier Steels

समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्र यादवलाई काठमाडौं लिएर गएका सांसद महेश बस्नेत, पूर्व आईजीपी सर्वेन्द्र खनाल सहितको टोलीलाई बाँस बस्नका लागि महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले नै होटलको कोठा बूक गरेको तथा होटेलको भुक्तानी गरेको खुलेको छ ।

Muktinath Bank

सांसदलाई झुक्याएर काठमाडौं पुर्‍याइएको भन्दै ‘अपहरण’को परिभाषाभित्र आउने चर्चा भइरहेको छ । जसमा मुछिएका छन् महोत्तरीका एसपी अधिकारी ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्तरीको बर्दिबासस्थित गौतम होटेलको ६ वटा कोठा बूक गर्नुका साथै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) अधिकारी पनि सांसद यादव सहितको टोली बसेको बेला होटेलमा ३ घण्टा जति बसेको समेत पाइएको छ ।


Advertisment
Nabil box
Kumari

यी सबै कुरा २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले लोकान्तरसँग गरिएको कुराकानीमा खुलाएका छन् ।

Vianet communication

यादवको घर खोज्न तथा लोकेसन समेत पत्ता लगाएर एसपी अधिकारीले नै खनाललाई दिएको पाइएको छ । एसपी अधिकारीले आफूलाई ढाँटेर यादवको अपहरण गराउन सहयोग मात्र होइन, संलग्न समेत रहेकाले उनलाई कारबाही गर्न मन्त्री यादवले माग गरेका छन् ।

प्रस्तुत छ मन्त्री यादवसँग गरिएको कुराकानीको सम्पादित अंश :-

वैशाख १० गते साँझ ६ बजेतिर म शारीरिक व्यायाम गर्दै थिएँ । त्यतिबेला नै मलाई एक जनाले फोन गरेर संघीय सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा संघीय सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको तथा अपहरणकारीहरू बर्दिबासतर्फ गाडीमा गएको भन्ने सूचना दिए ।

लगत्तै तयार भएर म बर्दिवासतर्फ जान लागे र गाडीबाट महोत्तरीका सीडीओ र एसपी सा’पलाई फोन पनि लगाउन थाले । दुवै जनाको फोन व्यस्त आइरहेको थियो । त्यसपछि मैले मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई फोन गरेर यादवको अपहरण भएको सूचना आएकाले एसपी र सीडीओलाई तुरुन्त फोन गर्न लगाएर वास्तविक अवस्था पत्ता लगाउन निर्देशन दिएँ ।

केही समयपछि सीडीओ सा’पले फोन गर्दा मैले तत्काल उहाँको अवस्था के छ खोजेर भन्नुस् भनेको थिएँ । होइन उहाँको अपहरण भएन होला, आफ्नै घरमा बस्नु भएको होला भनेर जवाफ दिनुभयो । होइन, डाक्टर सा’पको पीएसओसँग सम्पर्क गरेर अहिले कहाँ कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा तत्काल पत्ता लगाएर जानकारी गराउनुस् भनेर निर्देशन दिएको थिएँ । 

एक छिनपछि एसपी सा’पसँग पनि सम्पर्क भयो । सांसदको अपहरण भएको छ, सबै नाका सिल गरेर तत्काल खोजेर उद्धार गर्नुपर्‍यो भनेर भनें तर उहाँले मलाई गलत जानकारी र सूचना दिनुभयो । पीएसओसँग बुझ्दा उहाँ आफ्नो ससुराली गौशालातर्फ जानु भएको भनेर मलाई एसपी सा’पले गलत सूचना दिनुभयो । त्यतिबेलासम्म म बर्दिबास पुगेर सिन्धुलीको बाटोतर्फ गएको थिएँ । उताबाट फर्केर गौशालाको लागि जाँदा रेल्वेको निर्माणाधीन अन्डरग्राउन्डमा प्रवेश गरेकै बेला मेरो सूत्रले फोन गर्‍यो । उहाँहरू बर्दिबासकै गौतम होटेलमा हुनुहुन्छ भनेर सूचना आयो । 

मन्त्री यादव

म गौतम होटेलतर्फ फर्किएँ । होटेलमा पुगेर होटेलको सुरक्षा गार्डलाई सोध्दा उहाँहरू होटेलमा बस्नुभएको र १५ मिनेट अगाडि मात्र उहाँहरू सिन्धुलीको बाटोतर्फ जानुभएको जानकारी दिए । डाक्टर सा’पसँगै महोत्तरीका एसपी सा’प, पूर्व आईजीपी सर्वेन्द्र खनाल सा’प तथा अन्य केही सांसदहरू बस्नुभएको सुरक्षा गार्डले खुलाए । त्यतिबेलासम्म रातिको ७ बजिसकेको थियो । मैले पूर्व आईजीपी सा’पलाई फोन गरें । तपाईंलाई त मैले धेरै इज्जत दिएको थिएँ । तपाईंको कार्यकालमा त्यस्तो नराम्रो काम केही भएको थिएन । तर अहिले डाक्टर सा’पको अपहरण जस्तो आपराधिक काममा तपाईं जस्तो जिम्मेवार मानिस कसरी लाग्नसक्छ, तपाईंको नाम आइरहेको छ भनेर शुरूमै भनें । 

तपाईं मसँग कुरा नगर्नुस्, आफ्नो मान्छेसँग कुरा गर्नुस् भनेर उहाँले जवाफ दिनुभयो । डाक्टर सा’पको मोबाइल स्वीच अफ छ त्यसैले उहाँसँग कुरा गराउनुस् भने मैले । मलाई केही थाहा छैन, उहाँ काठमाडौंतर्फ हिँडिसक्नुभएको छ भनेर जवाफ दिनुभयो । उहाँ अगाडिको गाडीमा ३ जनाको समूहमा हिँड्नुभएको छ, मसँग कुरा हुन सक्दैन भनेर बताउनुभयो । कहीँ त चिया, खाजा खान रुक्नुहुन्छ होला नि, मलाई सम्पर्क गराउनुहोला भनेर भनेको थिएँ । 

त्यसपछि म जनकपुरतर्फ फर्किन लागे । बाटोमा हुँदै महोत्तरीको एसपी सा’पलाई फोन गरेर किन झूटो बोल्नुभयो भनेर भनें । तपाईं गौतम होटेलमै उहाँहरूसँगै हुनुहुन्थ्यो, मैले सोध्दा मलाई गुमराह मात्र गराउनुभएन, सांसदको अपहरणमा समेत तपाईंको संलग्नता छ । बर्दिबास होटेलमा सँगै बसेको तपाईंले शान्ति सुरक्षाको जिम्मेवारी बोकेको मन्त्रीलाई नै कसरी  ढाँट्नुभयो भनेर सोधें ।

डाक्टर सा’पसँग मेरो भेट पनि भएको छैन, पूर्व आईजीपी सा’प आउनुभएकाले भेट्न गएको हो । त्यहाँ प्रदेश सांसद कौशल यादव माननीय ज्यू हुनुहुन्थ्यो तर डाक्टर सा’प थिएनन् । मेरो क्वार्टरमा तुरुन्त आउनुस् भनेर भन्दा म त जलेश्वरतर्फ पुग्न थाले भोलि बिहान आउला भनेर भने । त्यसो भए भोलि नआउनुस् भनेर भने ।

भोलिपल्ट वैशाख ११ गते थप अनुसन्धान गर्न आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई समेत लिएर हामी गौतम होटेल पुग्यौं । त्यहाँ पुगेर म्यानेजरलाई सोध्दा शुरूमा होटेल बन्द भएकाले कोही पनि नआएको भनेर हामीलाई ढाँट्न खोजे । सीसीटीभी क्यामेराको फुटेज देखाउनुस् भन्दा होटेल बन्द भएका कारण क्यामेरा अफ गरेको होला भनेर भने । पासवोर्ड दिनुस्, हामीसँग आएको प्राविधिक मानिसले खोजिहाल्छ भनेर भन्दा गलत पासवर्ड दिने गरेका थिए । केही समयपछि होटेलमा सीसीटीभी क्यामेरा जडान गर्ने प्राविधिक नै आए । उसले क्यामेराको फुटेज देखाए । त्यहाँ सबै कुरा प्रस्ट देखिएको थियो । एसपी सा’प आफैं उहाँहरूसँग करीब २ घण्टासँगै बसेको देखिएको थियो । बसेको हामीलाई तपाईंको सुरक्षा गार्डले हिजो नै सबै कुरा बताइसकेको भनेपछि उहाँहरू आएको कुरा खुलाए । एसपी सा’पको निर्देशनमा डीएसपी सा’पले उहाँहरूको लागि ६ वटा कोठा बूक गराउनुभएको थियो भनेर म्यानेजरले बताए । उहाँहरू बसेर खाना समेत खाएको तथा भुक्तानी समेत एसपी सा’पले नै गर्नुभएको उनले बताए । सबै जना जान लाग्दा एसपी सा’पले आफ्नो पर्सबाट पैसा निकालेर रुपैयाँ दिएको देखिएको छ । हजारका २ देखि ३ वटा नोट दिएको फुटेजमा देखिएको छ ।

एसपी अधिकारी भन्छन् – हेभीवेट सांसदलाई काठमाडौं जानुस्, पार्टी फुटाउनुस्, मन्त्री बन्नुस् भन्ने मेरो हैसियत छैन

केही माननीयज्यूहरूसँगै म पनि आइरहेको कारण बर्दिवासको गौतम होटेलमा कोठा खोजिदिन पूर्व आईजीपी सा’पले भन्नुभएको थियो । पहिलेको हाकिम सा’प आउने भएपछि मैले कोठा बूक गरिदिएको सत्य कुरा हो । उहाँहरू आएपछि संघीय सांसद डा. सुरेन्द्र यादवसँग भेट गर्ने कुरा बताउनुभयो । पीसओसँग लोकेसन खोजेर उहाँ आफ्नै गाउँ गैढा भेटपुरमा रहेको कुरा बताएँ । माननीयज्यूहरूले एउटा माननीय भेट्ने भनेर भनेपछि लोकेसन बताएको हुँ ।

उहाँको अपहरण भएको कुरा गलत हो । उहाँले आफ्नो गाउँको घरमा सबै जनालाई मासु–भात खुवाउनुभएको छ । त्यति मात्र होइन, सँगै जनकपुर आएर अर्को माननीय डा. सूर्यनारायण यादवको घरमा समेत बसेर खाजा खानुभएको कुरा समेत आइरहेको छ । उहाँले नै अन्तर्वार्तामा भन्नुभएको छ कि मेरो अपहरण भएको थिएन । 

एसपी अधिकारी

उहाँ जस्तो हेभीवेट सांसदलाई काठमाडौं जानुस्, पार्टी फुटाउनुस्, मन्त्री बन्नुस् भनेर भन्दै काठमाडौं धकेलेर पठाउने मेरो हैसियत पनि छैन । पूर्व आईजीपी सा’प मेरो पहिलेको हाकिम हुनुका साथै छिमेकी पनि हुन् । पहिलेको हाम्रो घर तनहुँ हो र काठमाडौंमा पनि हामी छिमेकी नै हो । रोडको वारि र पारि हामी दुवै जनाको घर छ ।

आईजी सा’पको गाडी हाँक्ने हवल्दार ड्राइभर मेरो भाइ हो । म जाँदा मलाई पनि कतै जानुपर्‍यो भने काठमाडौंमा लगिदिन्छन् । त्यसैले उसलाई मैले माया गरेर हजारको २ देखि ३ वटा नोटसम्म निकालेर दिएको हो । होटेलको भुक्तानी उहाँहरू आफैंले गरेको हो, मैले गरेको छैन । त्यो ड्राइभर भाइलाई मात्र पैसा दिएको हो । 

मेरो अहिले १० वर्ष जागिर बाँकी छ । महोत्तरी आएको पनि १० महिना भइसक्यो । पार्टी फुटाउन वा माननीयज्यूको अपहरण मैले किन गराउनुपर्‍यो ? मैले त यहाँ आन्तरिक मामिला तथा कानून मन्त्रीदेखि मुख्यमन्त्रीज्यूसँग मिलेर नै काम गर्दै आएको छु । उहाँहरूलाई लाग्यो होला कि मैले उहाँहरूको पार्टी फुटाउन नेकपाका लागि प्रयोग भएँ कि तर त्यस्तो केही पनि छैन । मैले एउटा गाउँपालिकाको अध्यक्षलाई त काठमाडौं जानुस् भनेर पठाउन सक्दिनँ भने हेभीवेट सांसदलाई कसरी पठाउन सक्छु ?

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x