
कोरोना भाइरस संक्रमण महामारी रोकथामका लागि गरिएको लकडाउनसँगै विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।
विद्यालय सञ्चालन गर्ने विकल्प अनिश्चित भएसँगै सरकारले वैकल्पिक पठनपाठनको बाटो खुला गरेको छ ।
वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गर्दै सरकारले असार १ गतेदेखि सोही अनुसार पठनपाठन सञ्चालन गर्न देशभर परिपत्र गरेको छ ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाइएको छ । विद्यार्थीलाई उपलब्ध हुनसक्ने स्रोतसाधनका आधारमा ५ तहमा वर्गीकरण गरेर सोही अनुसार पठनपाठन सञ्चालन गर्न सकिने विकल्प दिइएको छ ।
यस्तो छ मन्त्रालयको सूचना –

यस्तो छ निर्देशिकाको पूर्णपाठ –