१९ असार २०८३, शुक्रबार

एमयूको रजिस्ट्रारका लागि १९ जनाको आवेदन

असार ३१, २०७७
एमयूको रजिस्ट्रारका लागि १९ जनाको आवेदन

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिस्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ ।

नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले १ हप्ताअघि रजिस्ट्रारसँगै विभिन्न ३ वटा संकायका डीनका लागि खुला दरखास्त आह्वान गरेको थियो । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले रजिस्ट्रार पदका लागि १९ जनाको दरखास्त परेको जानकारी दिए । उनले अबको १ हप्ताभित्रै विश्वविद्यालयले नयाँ रजिस्ट्रार पाउने बताए ।

डीनका लागि दरखास्त अवधि बाँकी नै छ । आवेदन दिएकामध्ये अधिकांश विश्वविद्यालयकै पूर्व डीनदेखि सहप्राध्यापक लगायतका छन् । 

विश्वविद्यालयका अनुसार सेवा आयोगका सदस्य प्रा.डा. केशरसिंह राना, पूर्व डीन प्रा.डा. दीपबहादुर रावल, पूर्व डीन एवं सहप्राध्यापक अनन्तराज घिमिरे, प्रा.डा. नारायप्रसाद शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख जीतबहादुर शाह, डा. बुद्धि सापकोटा लगायतबाट रजिस्ट्रार पदका लागि आवेदन परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्