कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
दैलेखमा सार्वजनिक खरिद प्रक्रिया मिचेर हतारहतार ७२ लाख रुपैयाँको लागतमा बनाइएको आइसोलेसन भवन १ महिनामै चुहिएको छ ।
दैलेखमा कोरोना भाइरस संक्रमण तीव्र हुँदा आइसोलेसन भवन निर्माण आवश्यक भएको बताउँदै प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले पूर्वाधार विकास कार्यक्रमको ५५ लाख रुपैयाँ बजेट नारायण नगरपालिकालाई दिएका थिए । पूर्वाधार विकास कार्यक्रम अन्तर्गत महावु गाउँपालिकामा निर्माण गर्ने भनिएको सडकबाट २५ लाख र नारायण नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणबाट ३० लाख रुपैयाँ कटौती गरेर आइसोलेसन भवन निर्माणमा खर्च गरिएको थियो ।
प्राप्त रकम नगरपालिकामार्फत भुक्तानी भइसकेको र बाँकी १७ लाख रुपैयाँ चालू आर्थिक वर्षको बजेटबाट भुक्तानी दिने शर्तमा भवन निर्माण गरिएको हो । जेसिका कन्स्ट्रक्सनका दैलेख प्रतिनिधि प्रकाशकुमार बुढाले भवनको निर्माणको जिम्मा लिएका थिए ।
आइसोलेसन भवन ‘प्रिफ्याब’ प्रविधिबाट बनेको छ । यसमा फलाम र आलमुनियम प्यानलहरू जोडेर भवन निर्माण गरिन्छ । भवन जिल्ला अस्पताल दैलेखबाट टाढाको दूरीमा नारायण नगरपालिका–८ तर्तांग नजिक निर्माण गरिएको छ । दैलेख अस्पतालमा भवन बनाउने जग्गा पर्याप्त भए पनि सांसद अम्मरबहादुर थापाकै चाहना अनुसार तर्तांगमा निर्माण गरिएको हो । आइसोलेसनमा चिकित्सकको निगरानी हुनुपर्ने भए पनि भवनलाई चिकित्सकभन्दा टाढा बनाइएको छ ।
भवन निर्माणबारे नगरपालिकालाई नै पर्याप्त जानकारी नदिइएको पाइएको छ । सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान गरी प्रक्रिया मिचेर भवन बनाउँदा गुणस्तरहीन भएको पाइएको छ । नारायण नगरपालिकाका इन्जिनीयर हिक्मत रोकायाले शुरूदेखि नै नगरपालिकाले भवनको हेर्ने जिम्मा नपाएको बताए । ‘काम आधा भइसकेपछि हामीले हेर्ने भन्ने कुरा थाहा भयो । ५५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ,’ उनले भने ।
निर्माण व्यवसायी प्रकाशकुमार बुढाले हतारमा काम गर्दा केही त्रुटि भएको स्वीकार गरे । ‘हामीले ३ हप्तामा त्यत्रो संरचना लकडाउनको अवधिमा बनायौं । रातदिन खटेर बनाउँदा पनि जस पाइँदो रहेनछ,’ उनले भने, ‘अहिले भवनमा बिरामी बसिरहेका कारण सुधार गर्न सकिँदैन, आइसोलेसन भवन खाली भइसकेपछि हामी सुधार गर्छौं ।’
आइसोलेसनमा बसेका कोरोना संक्रमितहरूले भवन चुहिँदा बस्न समस्या भएको गुनासो गरेका छन् । ‘हामीले भवनभित्र पनि सुरक्षित बस्नुपर्ने हो, चुहिने आइसोलेसन भएका कारण समस्या भइरहेको छ,’ एक संक्रमितले गुनासो गरे ।
काठमाडौं र पोखराबाट हतारहतार कामदार ल्याएर काम गरिएको बुढाले बताए । उनले आफूले ठेक्का नलिएको र कम्पनीले आफूलाई प्रतिनिधिको रुपमा मात्र खटाएको बताए ।
नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले भवन निर्माण प्रक्रियामा केही कमजोरी भएको स्वीकारे । ‘बर्खायाम थियो, यहाँ अन्यत्र सामान पाइँदैन्थ्यो । प्रदेश संसद अम्मरबहादुर थापाले सामान भएको व्यक्तिलाई बोलाएर काम गर्न भन्नुभएको हो । तर हामीले भुक्तानी दिएका कारण जवाफदेही हामी नै हो,’ उनले भने, ‘कोरोना संकटको समयमा टेन्डर गर्न सकिएन । केही कमजोरी भए पनि हाम्रो नियत सफा छ ।’ जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पनि आइसोलेसन स्थापना गर्ने निर्णय गरेको उनले बताए ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...