×

NMB BANK
NIC ASIA

आलेख

यस्ता छन् नेपाली राजनीतिमा समाजवादका चित्र र चरित्रमाथि प्रश्न

भदौ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जुन वस्तुको चित्र र चरित्रको डीएनए एउटै हुन्छ, वास्तवमा त्यही वस्तु आफ्नो सही अनुवांशिकीसहित जिउन सक्छ । राजनीतिक विचारधारा एक चित्र हो, त्यसले दर्शन, सिद्धान्त र विश्व दृष्टिकोणलाई इंगित र प्रतिबिम्बित गर्दछ । संगठन चरित्र हो, त्यसले विचारधारात्मक चित्र सुहाउँदो कार्य प्रदर्शन गर्न सक्नुपर्छ ।

Sagarmatha Cement
Muktinath Bank

त्यसो भए के नेकपाले समाजवादी चित्र अनुसार चरित्र प्रदर्शन गरेको छ ? यो प्रश्न नेकपाका लाखौं कार्यकर्ताले आफ्नो नेतृत्वमाथि तेर्स्याउनुपर्ने बेला आएको छ । एउटा टावरको ओत लागेर अर्को टावरमाथि आक्रमण गर्ने नेपाली कम्युनिस्ट आन्दोलनको स्थापनाकालदेखिको बालरोग हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्युनिस्ट आन्दोलन लक्का जवान हुँदै आफ्नो प्रौढ अवस्थातर्फ अघि बढिसक्यो तर एउटा टावरको ओतबाट वा काँधबाट अर्को टावरमाथि सांघातिक आक्रमण गर्ने हाम्रो बालरोेग परम्परागत संस्कारका रूपमा विकास भइसकेछ । त्यसकारण सबभन्दा पहिले विना कुनै टावरको साहारा खुला आकाशमा सिद्धान्त, विचारधारा र व्यवहारको जगमा उभिएर नेतृत्वमाथि प्रश्न गर्ने आँट युवा पुस्ताले गर्नैपर्छ ।


Advertisment
Nabil box
Kumari

समाजवादको आकांक्षा र दैनिक काम कारवाहीबीच एउटा विशाल खाडल छ, त्यो झन्भन्दा झन् गहिरिँदै छ । व्याख्या र कामकारवाहीको अन्तरविरोधले हामीमा एक प्रकारको आशंकाले स्थान लिनसक्छ, के तपाईंहरूको विश्व दृष्टिकोणको आधार निसन्देह मार्क्सवाद हो ? यदि हो भने राज्य संयन्त्र र पार्टी संयन्त्र दुवैमा माक्र्सवादी विश्व दृष्टिकोण किन मुखर हुन सक्दैन ? हामी कहीँ न कहीँ पार्टी संगठन सही ट्रयाकमा हिँडिरहेको छैन भन्ने बुझाइमा छौं ।

Vianet communication
Laxmi Bank

हामीलाई लाग्ने गर्छ तपाईंहरूले बनाएको सांगठनिक संरचना विचार, राजनीति र सिद्धान्तमा आधारित छ त ? पार्टी एकताको तपाईंहरूको महान् प्रयासका अघि हामी तपाईंहरूले भर्ती गर्ने गरेका आसेपासेलाई नेता मान्न तयार भयौं । हामी कमिटी प्रणालीको डालोमा नअटाउँदा चुप बस्यौं, निर्भिकतापूर्वकभन्दा कतिपय अवस्थामा हामी तपाईंहरूका स्वेच्छाचारी कदमलाई अनुमोदन गर्ने आज्ञापालक पनि बन्यौं, जुन कम्युनिस्ट पद्धतिमा पर्थ्यो वा पर्दैनथ्यो त्यो छुट्टै बहसको च्याप्टर बन्ला ।

पाँचौं महाधिवेशन पछिको तत्कालीन एमाले र बालाजुको पाँचौ विस्तारित बैठक पछिको तत्कालीन माओवादी बिस्तारै पारिवारिक समाजवादको अभ्यासमा अघि बढे । भनाइको मतलब गरीबहरूको सपनाको शासन व्यवस्था (समाजवादी राज्यसत्ता) ल्याउन अथक संघर्ष गरेका कमरेडहरू आफ्नो परिवार र नातागोतालाई पुग्ने सानो चिटिक्क परेको आफ्नो आँखा वरिपरि राख्न मिल्ने भाइ–भतिजा, मामा–भान्जा यस्तै–यस्तै रक्त सम्बन्ध र नाता कुटुम्बको संकीर्ण पारिवारिक समाजवादमा अल्झिएको देखेपछि यस अवस्थामा हामी आफैंले आफैंमाथि प्रश्न उठाएका छौं, अहिलेको नेकपाको शीर्ष नेतृत्वदेखि कार्यकर्ताका परिवारले समाजवादी राज्यसत्ताको प्रयासका लागि कुनै अमूल्य योगदान गरेको वा गर्ने वाचा गरेको होला ? हामीलाई मानिसहरूले प्रश्न गर्ने गर्छन्, समाजवाद र निजी स्वामित्व २ मध्ये तपाईंहरूका लागि कुन चाहिँ प्रिय हो ? निजी स्वामित्व नै प्रिय हो भनौं हामी समाजवादका अभियान्ता हौं । समाजवाद भनौं नागरिकले हामी र हाम्रा प्रियजनसँग राखिएको हाम्रो गोप्य सम्पत्तिको १–१ हिसाब राखेका छन् । त्यसैले स्वामित्व, सम्पत्ति र समाजवाद एकअर्काका परिपुरक हुन विपरीत होइनन् भन्दै कृत्रिम र कूटनीतिक जवाफ दिएर हामी आफूमाथिको प्रश्न हटाउने प्रयास गर्छौं । जुन जवाफले आफैंलाई सन्तुष्टि दिन सक्दैन, त्यसले प्रश्न सोध्ने र जिज्ञासा राख्नेहरूलाई के सन्तुष्टि दिन्छ होला र ? कहिलेकाहीँ मानिसहरूले हामीलाई प्रश्नको हतकडी लगाउँछन् र एकआध घण्टा नैतिक हिरासतमा राख्ने गर्छन् । किनकि हामी सडकमा हुन्छौं, सडकमा भएकाहरूलाई भेट्न र जिज्ञासा राख्न आम मानिसलाई सहज हुन्छ ।

एक दिन मेरा एक जना मित्रले मलाई चिया पसलमा जिज्ञासामै आक्रमण गरे – कमरेड अन्य कुनै पेशा र आयस्रोत विना तपाईं राजनीतिक नेता कार्यकर्ताहरू कसरी रातारात सम्भ्रान्त जीवनशैलीमा आइपुग्नुुहुन्छ ? हामीलाई पनि उपाय सिकाइदिनुस् न !

मैले भने – म विगत १४ वर्षदेखि काठमाडौंमा राजनीतिसँगै पेशा पनि गर्छु । मलाई कहिलेदेखि सम्भ्रान्त देख्न थाले तपाईंका आँखाले ?

मित्रले हाँस्दै भने – आफ्नो कुरा गरेर पन्छिन मिल्दैन नि कमरेड ! तपाईंको पार्टीका सम्भ्रान्तहरूको विवरण दिनसक्ने ल्याकत राख्छु मैले ।

मसँग कुनै जवाफ थिएन । मैले भने अबदेखि यस्ता विवरण, व्यंग्य र सूचना जसको बारेमा जससँग सम्बन्धित छन्, उसैलाई दिनु मलाई नसुनाउनु । सायद यो सडकमा आम मानिससँग फेस गर्ने धेरै कार्यकर्ताको अनुभव हुनुपर्छ । वर्तमानको यो वास्तविकतालाई ढाकछोप गर्दै कमरेडहरूले भन्नुहुन्छ, हामी दृढतापूर्वक समाजवादको बाटोमा अघि बढ्ने चेष्टा गर्दैछौ । प्रिय कमरेडहरू एकछिन शान्त दिमागले सोच्नुस्, तपाईंहरूका दैनिक गतिविधि, खानपान, भेटघाट र सम्पूर्ण क्रियाकलापमा व्यक्तिवाद अभिव्यक्त भइरहेको छ वा समाजवाद ? परिवारवाद र सामूहिकतावादमध्ये तपाईंहरूको पहिलो रोजाइ कुन हो ? दलालसँग दोस्ती, माफियासँग मस्ती अनि कार्यकर्तामाझ जाँदा समाजवादका चर्का सैद्धान्तिक भाषण यो पत्याइदिनुुपर्ने विडम्बना हाम्रा लागि कहिलेसम्म हो ? अब त जान्न पाए पनि हुन्थ्यो भन्ने भइसक्यो ।

छातिमा हात राखेर कसले भन्न सक्छ कि यो देशमा हामीले समाजवादको आधारभूमि तयार गरेका छौं ? हामीले राजनीति गरिरहेको त्यही भूगोल होइन, जहाँ मोहम्मद अब्ताब आलम र दिपक मनाङेहरू निर्वाचित हुने गर्छन् । हाम्रो समानुपातिक प्रणाली घरानियाको संसद भवन छिर्ने घोडा होइन ? हामीले यही गणतन्त्रमा दर्जनौं ठेकेदारको अनपेक्षित संसद प्रवेश देखेका छैनौं ? द्रव्यको वजनले ठेकेदारलाई मन्त्रीको ताज पहिराउने तपाईंहरू नै होइन ? लारक्याल प्रकरण, श्यामसुन्दर गुप्ता प्रकरण यही गणतन्त्रका चर्चित काण्ड होइनन् ? यही होइन हामीले समाजवादका लागि तयार पारेको राजनीतिक पृष्ठभूमिको आधार । बहुदलीय व्यवस्था यता गणतन्त्रसम्मका ७ वटा निर्वाचनमा निर्वाचित, समानुपातिक, समावेशी सबैतिरका अनुहारहरू एक पटक राम्ररी हेर्नुस् त ?

समाजवादका हस्ती प्रिय नेतागण तपाईंहरूले नियुक्ति गरेका संवैधानिक निकायका प्रमुखमा विगतमा भएका नियुक्ति र हालैका नियुक्तिको नकारात्मक मार्केट रेटिङ, विभिन्न संस्थानका प्रमुखहरू, राजदूत र राजनीतिक नियुक्तिहरू समाजवादको आधार तय गर्ने चिन्ताभावमा केन्द्रित छन् वा मोलतोल, आसेपासे र बफादार सिपाही छान्ने संकीर्ण मनोविज्ञानमा ? हामीले पार्टीभित्र गाउँ कमिटीदेखि केन्द्रसम्म हेर्दा तपाईंहरूले दिएको सांगठनिक जिम्मेवारी होस् वा सरकार र विभिन्न राजकीय जिम्मेवारी त्यसको आधार के हो ? कुनै कार्य सम्पादनको मूल्याङ्कन, निष्ठा, समर्पण, इमान्दारिता, विशिष्ट प्रतिभा, क्षमता, राजनीतिक चेतनास्तर, सांगठनिक निरन्तरता कुन चाहिँ आधारमा जिम्मेवारी दिने प्रचलन शुरू गर्नुभयो ? कुनै पनि होइन वास्तवमा सबैभन्दा पहिलो आधार गुट, आसेपासे, आफन्त र आफ्ना बफादार भारदारहरू । अब भन्नुस्, यो समाजवादको मोडेल कस्तो हो ?

जसरी कानूनको प्रभावकारी कार्यान्वयन निम्छराहरूको जान–अन्जान दोषमाथि सशक्त देखिन्छ, त्यसैगरी समाजवादको मूल्य मान्यता फलो गर्ने हामी निम्छरा कार्यकर्ताको दायित्व हो भने त्यो पनि ठीकै छ । तर अब कि त व्यवहारमा समाजवादलाई ग्रहण गर्नुस् कि त हामीलाई समाजवादका आदर्शवादी लेक्चरहरू दिएर आफ्ना राजनीतिक दाउपेचलाई पूरा गर्ने मनसाय नराख्नुस् । तल्ला कमिटीमा तल्लो तहका कार्यकर्ताले कुनै कुरा उठाउँदा अनुशासनको डण्डा बर्साउने माथि बोक्रा उतार्ने गरी एकअर्काको उछितो काढ्ने ? यो कस्तो लेनिनवादी संगठनात्मक सिद्धान्त र पद्धति हो ? आफूले परिवारवाद, भाइभतिजावादी पूँजीवाद, उपभोगवाद र उपयोगितावादको चरम आनन्द लिने हामीलाई त्याग, तपस्या र बलिदानका आदर्शहरू घोकाउने समय अब नलम्ब्याउनुस् । तपाईंहरूले मनपरि गर्नुभएकै छ, थपडी बजाइदिने एकहुल हामी छँदैछौं, महानताको पगरी भिराइदिने २–४ जना माफियाहरू बजारमा पाइहाल्छन् । समाजवाद त्यस्तै हो, हामी यस्तै हो कामरेड भन्दै चित्त बुझाएकै छौं । 

चुनावमा तपाईंहरूको आशिर्वाद लिनेहरूलाई सघाइहालिन्छ, समाजवादको यो चक्र दोहोरिरहन्छ । युवाहरूको एउटा सानो समूहले चाकडी र दलालीका लागि तपाईंहरूको दैलो चहार्दै गर्नेछ । दासताको बिन्ति बिसाउँदै गर्नेछ । कम्युनिस्ट आन्दोलन झन् पछि झन् जीर्ण हुनेछ । त्यस अवस्थामा हामी कम्युनिस्ट पार्टी बचाउन र बनाउन मैदानमा आउने छौं । तर त्यो समय फलामको च्युरा चपाउनु जत्तिकै कठिन हुनेछ । त्यसैले हाम्रो अन्तिम आग्रह छ कि हामीलाई सग्लो, जीवन्त, एकढिक्का, विचार, राजनीति र सैद्धान्तिक परिचयसहित स्थापित कम्युनिस्ट पार्टी बुझाउन अब तपाईंहरूले गम्भीर र संवेदनशील त्रुटि सुधार गरिदिनुस् । अभिवादन !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x