चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
भदौ २१, २०७७
दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका वडा नं. ४ गैरागाउँमा भदौ २ गते राति ठूलो पहिरो गयो । उक्त पहिरोमा परी सात घर पुरिए भने दुई जनाको ज्यान गयो । जनक कठायत र लोकेश कठायतले ज्यान गुमाएको पहिरोमा बम नेपाली, टीका कठायत र शमशेर कठायत घाइते भए ।
तीमध्ये नेपालीको अहिले पनि देउती अस्पताल वीरेन्द्रनगरमा उपचार जारी छ । उक्त वडाको ज्यामीचौर, धामीचौर, गैरागाउँ पूरै पहिरोको उच्च जोखिममा परेको छ ।
पहिरोले ९० घरका नागरिक विस्थापित भएका छन् । उनीहरू सबै गाउँको डाँडामा पालमुनि पुगेका छन् । गाउँका ८१ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
‘एक सानो घडेरी खरिद गरेर गाउँमा घर बनाई बस्दै आइरहेको थिएँ । त्यो घरसहित मेरा सबै सपना पहिरोले पुर्यो । भारततिर काम गर्न जान सकिने अवस्था छैन । गाउँमा खाना खानका लागि बारी पनि छैन । अब कसरी मैले जहानबच्चा पाल्ने होला ?’ पहिरोले घर पूर्ण क्षति भएका स्थानीय बल नेपालीले लोकान्तरसँग भने, ‘संघ–संस्थाले पाल दिएका छन्, थोरै भाँडाकुँडा पनि दिएका छन्, त्यतिले जीन्दगी कसरी चलाउन सकौंला ?’
भारतमा गरेको रोजगारीमा कमाएको पैसाले जेडेको घडेरी र घर पहिरोले ध्वस्त बनाइदिएको छ ।
‘न घर रह्यो न त बारी नै छ,’ लोकान्तरसँग उनले गुनासो गरे, ‘जिन्दगीबाट नै दिक्क लाग्न थाल्यो, न घरमा जम्मा गरेको दुईचार पैसा जोगाउन सकियो, न त भाँडा कुँडा नै । अहिलेसम्म कमाएको सबै कुरा पहिरोले लग्यो ।’
मन विश्वकर्माको पनि यस्तै गुनासो छ । अहिले वडा कार्यालय, विभिन्न सरकारी तथा गैरसरकारी निकाय र प्रदेश सभा सभामुखको पहलमा केही राहत सामग्री आएको भएपनि त्यो पर्याप्त छैन ।
भएको बारीमा पहिरो पसेको छ । मकै राम्रो फल्ला भन्ने थियो, मकैबारी बगरमा परिणत भएको छ ।
‘हामीले खाने मुख्य अन्नबाली मकै थियो, अब कसरी बालबच्चालाई पेट भरिउञ्जेल खाना खुवाउनु ? उनले दुखेसो पोखे, ‘सरकारले कम्तिमा हामीलाई थप राहत, बसोवासको व्यवस्था गरिदिएको भए हुन्थ्यो ।’
यी प्रतिनिधिमूलक पात्र मात्र हुन । अहिले त्यहाँ लगाइएको धानबाली, मकै बाली सखाप भएको छ ।
पाक्नै थालेको मकै पहिरोले लगेको छ । वैशाखसम्म खान पुग्ने अन्न पहिरोले पुर्दा गाउँ नै शोकमा छ । करोडौंको क्षति गाउँले बेहोरेको वडा अध्यक्ष रमेश सिजापतिले बताए ।
कसले कति दिए राहत ?
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही केही दिनअघि पहिरोपीडित बस्तीमा पुगेर फर्किए ।
वडाध्यक्ष सिजापतिका अनुसार सभामुखले राहत भनेर १८० बोरा चामल, ९० वटा कम्बल, ९० झुल, ९० म्याट र ६ ओटा त्रिपाल गाउँमै पुगेर हस्तान्तरण गरेका छन् ।
यस्तै, रेडक्रस दैलेख, एभरेष्ट क्लब दैलेख, कर्णाली समाज दक्षिण कोरियाले पनि पहिरो पीडितका लागि चामल, दाल, नुनतेल वितरण गरेका छन् ।
ठाँटीकाँध गाउँपालिकाले पनि खाद्यान्नको जोहो गरिरहेको छ । गाउँमा कार्यदल गठन गरी उनीहरूको बसाई व्यवस्थापनका लागि खाता सञ्चालनमा ल्याइएको छ ।
खातामा हालसम्म ३५ हजार रुपैयाँ जम्मा भएको वडाध्यक्ष सिजापतिले जानकारी दिए ।
जलविद्युत्को नामोनिसान मेटियो
गाउँमा रहेको खोलाबाट जलविद्युत् निकाल्ने तयारी अन्तिम अवस्थामा पुगेको थियो । देउती लघु जलविद्युत् आयोजनाको नामोनिसान पहिरोले मेटाइदिएको छ ।
यतिसम्मकि आधामात्रै पाइपलाइन बाँकी रहेको छ । जेनरेटर र पावर हाउसको अत्तोपत्तो छैन ।
ज्यामीचौरमा रहेको विद्यालयको पाँच कोठे भवन पनि पहिरोले पूर्णरूपमा पुरेको छ । गाउँमा रहेका ३० वटा खानेपानी तथा सिँचाई आयोजनालाई पहिरोले बगाएको छ ।
अध्यक्ष बडुवाल भन्छन्, ‘हाम्रो करोडौंको क्षति भइसकेको छ । पहिरोका कारण विस्थापित नागरिकलाई कहाँ राख्ने भन्ने समस्या भएको छ, सरकारले एकीकृत बस्ती बसालेको भए यो समस्याबाट मुक्ति हुन्थ्यो कि ?’
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...