०४ असार २०८३, बिहीबार

डा. गोविन्द केसीले जुम्लाको मन्दिरमा शुरू गरे १९ औं अनशन

भदौ २९, २०७७
डा. गोविन्द केसीले जुम्लाको मन्दिरमा शुरू गरे १९ औं अनशन

डा. गोविन्द केसीले जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरमा १९ औं सत्याग्रह शुरू गरेका छन् । 

केसीले बनबिरा मष्टोको थानको मन्दिर परिसरबाट १९ औं सत्याग्रह शुरू गरेका हुन् ।

निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारको लुटतन्त्र र तानाशाहीतन्त्रविरुद्ध सत्याग्रह शुरू गरेको डा. केसीले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन शुरू गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना प्रक्रिया अघि बढाउनुपर्ने माग उनले राखेका छन् ।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरू राखेर डा. केसीले अनशन शुरू गरेका छन् । यसअघि उनले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलेको सत्याग्रहका बेला गरिएका सम्झौता हालसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्