०२ असार २०८३, मंगलबार

भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको आग्रह

जेठ ३१, २०८३
काठमाडौं
भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको आग्रह

नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सचेत रहन आग्रह गरेको छ।

कम्पनीका अनुसार यस्ता सन्देशमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकलाई शंकास्पद वेबसाइट तथा लिंकमा प्रवेश गर्न प्रेरित गर्ने गरिएको छ।

नेपाल टेलिकमले अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, OTP, Password, PIN तथा CVV जस्ता गोप्य विवरण कसैसँग पनि साझा नगर्न र बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न अनुरोध गरेको छ।

साथै, शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन कम्पनीले आग्रह गरेको छ।

ग्राहकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाल टेलिकमले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सबै ग्राहकलाई सचेत रहन अनुरोध गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्