१८ असार २०८३, बिहीबार

प्रतिपक्षको बहिस्कारका बीच सुदूरपश्चिम सरकारले ल्यायो मध्यरातमा ३७ अर्ब ७० करोडको बजेट

असार २, २०८३
काठमाडौं
प्रतिपक्षको बहिस्कारका बीच सुदूरपश्चिम सरकारले ल्यायो मध्यरातमा ३७ अर्ब ७० करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले मध्यरातमा प्रदेशसभाको बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन्।

प्रदेशसभाको बैठक निकै ढिलो गरी सुरु भएको थियो। तर प्रतिपक्षी दलले सत्ता पक्षको रवैयाको विरोध गर्दै मध्यरातको बैठक बहिस्कार गर्‍यो । 

प्रतिपक्षको बहिस्कारका बाबजुद सभामुखले बैठक अगाडि बढाएका थिए। त्यसलगत्तै मन्त्री धामीले बजेट प्रस्तुत गरेका थिए।

मन्त्री धामीले प्रस्तुत गरेको कुल ३७ अर्ब ७० करोडको बजेटका लागि खर्च व्यहोर्ने स्रोतहरू यसप्रकार उल्लेख गरेका छन्:

आन्तरिक राजस्व: १ अर्ब ७२ करोड
सङ्घीय राजस्व बाँडफाँट: १० अर्ब २४ करोड ९२ लाख
सङ्घीय वित्तीय समानीकरण अनुदान: ९ अर्ब ६ करोड ३३ लाख
चालु आर्थिक वर्षको बचत (अनुमानित): ९ अर्ब ६५ करोड
सशर्त अनुदान: ६ अर्ब ३ करोड ५८ लाख
समपूरक अनुदान: ३८ करोड ८० लाख
विशेष अनुदान: ५२ करोड ७६ लाख

 

salt training

कमेन्ट गर्नुहोस्