१९ असार २०८३, शुक्रबार

ईश्वरी भुजेल हत्या प्रकरण : नेपाली ब्रो र उनकी प्रेमिका कारागार चलान, २ जनासँग धरौटी माग

असार १८, २०८३
काठमाडौं
ईश्वरी भुजेल हत्या प्रकरण : नेपाली ब्रो र उनकी प्रेमिका कारागार चलान, २ जनासँग धरौटी माग

ईश्वरी भुजेल हत्या प्रकरणमा टिकटकर 'नेपाली ब्रो' भनिने कुमार थापालाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

थापासँगै उनकी प्रेमिका भनिएकी प्रतीक्षा आचार्यलाई पनि थुनामा राख्न अदालतले आदेश दिएको हो ।

गत जेठ २२ गते थापामगरले श्रीमती भुजेललाई चक्कु प्रहार गरेर हत्या गरेका थिए ।

भुजेलको परिवारले थापामगर, आचार्य, थापामगरका भाइ विक्रम थापामगर र सुजन थापा क्षेत्रीविरुद्ध जाहेरी दिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले बुधबार मात्रै चारै जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

बिहीबार थुनछेक बहसका क्रममा न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले कुमार र प्रतीक्षालाई पुर्पक्षमा थुनामा राख्न आदेश दिएको हो ।

थापामगरका भाइ विक्रम र सुजनलाई भने जनही एक लाख धरौटी माग गर्ने आदेश भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्