×

NMB BANK
NIC ASIA

कोरोनाकालमा होडबाजी : गाउँगाउँ पुगेर नेकपामा कार्यकर्ता भित्र्याउँदै मुख्यमन्त्री शाही

असोज १, २०७७

NTC
Premier Steels

गत साउन २५ गते नेपाली कांग्रेस जाजरकोटले भेरी नगरपालिका–६ मा प्रशिक्षण कार्यक्रमको आयोजना गर्‍यो । जहाँ ७४ जना राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेको कांग्रेसले जनायो ।

Muktinath Bank

त्यतिबेलै नेकपाले पनि जाजरकोटको नलगाड नगरपालिका–२ मा पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ गर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशैभर कोरोना भाइरस संक्रमणको संकट रहेका बेला नेकपा र कांग्रेसले राजनीतिक गतिविधि गर्दै पार्टी प्रवेशको होडबाजी गरिरहेका छन् । होडबाजीमा दौडिरहेका छन्, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत नेताहरू ।


Advertisment
Nabil box
Kumari

४ दिनअघि दैलेखको भैरबी गाउँपालिका–३ मा नेकपा वडा कमिटीको आयोजनामा गरिएको पार्टी सम्पर्क कार्यालय उद्घाटनको कार्यक्रममा प्रदेशसभा सदस्य सुशील थापाले ४५ जनालाई नेकपामा प्रवेश गराए । कार्यक्रममा उनीमाथि कांग्रेस पक्षधर कार्यकर्ताले हातपातको समेत प्रयास गरेको खबर सार्वजनिक भयो ।

Vianet communication

त्यो घटना सेलाउन नपाउँदै कालिकोटमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राप्रपाका एक जना चर्चित नेतालाई नेकपा पार्टीमा प्रवेश गराए । कालिकोटमा जाँदा मुख्यमन्त्री शाहीसँगै सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल पनि थिए । उनीबाहेक करीब आधा दर्जन पत्रकार, करीब २ दर्जन कार्यकर्ता पनि दलबलमा सहभागी थिए । यतिधेरै व्यक्तिहरू सामूहिक रूपमै सुर्खेतबाट कालिकोट गएका हुन् ।

जब मुख्यमन्त्री शाहीको टोली जुम्ला पुग्यो, तब सहभागी संख्या ५० जनासम्म पुग्यो । हरेक जिल्लाबाट टोलीमा नेता–कार्यकर्ता थपिँदै गए ।

केही दिनअघि नै नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले वीरेन्द्रनगर नगरपालिका–६ का २ जना युवालाई कांग्रेसमा प्रवेश गराए । सरकारले राजनीतिक भेला र भीडभाड नगर्नू भनेर निषेध गरेको अवस्थामा समेत नेकपाका मुख्यमन्त्री र प्रतिपक्षी दलका कांग्रेसबाट राजनीतिक गतिविधि भइरहेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री जीवनबहादुर शाहीले कांग्रेस पार्टीले एकाध स्थानमा सामाजिक दूरी सहितका कार्यक्रम गरेपनि सत्तापक्षको जस्तो भीडभाड गर्ने काम नभएको दाबी गरे । ‘अहिले सरकार नै दलबलसहित हिमाली जिल्ला घुमिरहेको छ, कर्णाली सरकारसँग कोरोना डराएको हो कि भन्ने लागिरहेको छ,’ उनले भने, ‘नेकपाकै सरकार केन्द्र र प्रदेशमा भएको समयमा आफ्नै दलको सरकारले सामाजिक दूरी कायम गर्नु भनेको समयमा नेकपाको यो हर्कत जनतासामु छर्लङ्ग देखापरेको छ ।’

नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले पार्टीको नीति धेरै भीडभाड नगर्ने रहेको बताए । प्रदेश सरकारका मन्त्रीले सानो टीममा योजना अनुगमन गर्न, बाढीपहिरो पीडितलाई भेट्न जान पाइने भए पनि अहिले सामाजिक सञ्जालमा आएका तस्वीर जस्तै भीडभाड गर्न अनुपयुक्त हुने उनले बताए ।

‘हिमाली जिल्लामा कोरोना संक्रमण नदेखिएको भन्दै उहाँहरू गए पनि त्यसले पर्याप्त अस्पताल नभएका स्थानका नागरिकमा कोरोना फैलिँदा खतरा बढ्न सक्नेतर्फ ध्यान दिनु आवश्यक छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x