×

NMB BANK
NIC ASIA

अपराध

फिल्मी शैलीको यस्तो लुटपाट : नक्कली डलरसहित ५ जना पक्राउ परेपछि गिरोहकै पर्दाफास

असोज १०, २०७७

NTC
Premier Steels

गोरखा स्थायी घर भएका ३३ वर्षीय एक व्यक्तिले खाडी मुलुकबाट आएको केही महिनापछि फेसबूकमा सुनको सिक्री र औंठी लगाएको फोटो पोस्ट गरे । 

Muktinath Bank

केही दिनपछि ती व्यक्तिको फेसबूक आईडीमा एक सुन्दर महिलाले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइन् । ती व्यक्तिले ‘रिक्वेस्ट’लाई ‘एसेप्ट’ गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेसबूकमा ती दुवैको कुराकानी हुन थाल्छ । कुराकानी भएको केही महिनापछि दुवै जनाले भेट्ने तयारी गरे ।


Advertisment
Nabil box
Kumari

फेसबूकबाट चिनजान भएका ती दुवै जना गत साउन ६ गते काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा बसे । भलाकुसारीका क्रममा युवतीले पैसा नहुँदा कोठा भाडा तिर्न र छाक टार्न गाह्रो भएको समस्या सुनाइन् । 

Vianet communication

आफ्नो काकासँग १५ हजार अमेरिकी डलर रहेको र कहाँ साट्ने थाहा नहुँदा पैसा जुटाउन नसकिएको बताइन् । ती व्यक्तिसँग युवतीले ५ लाख रुपैयाँमा १५ हजार डलर साटिदिन आग्रह गरिन् ।

समस्या सुनेपछि भावनात्मक हुँदै सस्तोमा धेरै डलर पाउने भएपछि साउन ८ गते ती व्यक्तिले साथीभाइसँग खोजेर ३ लाख रुपैयाँ जुटाउँछन् । युवतीले बोलाएको ठाउँ भक्तपुर पुग्छन् । तर त्यहाँ उनले नसोचेको घटना हुन्छ । ती युवतीसँगै आएकाहरूको लुटेरा समूहले सबै पैसा लुटेर लैजान्छ ।

... ...

भक्तपुर प्रहरी परिसरमा गत साउन १९ गते एउटा उजुरी आइपुग्छ । जसमा घटनाक्रम उस्तै तर स्थान फरक हुन्छ । बालकोटमा कपडा व्यवसाय सञ्चालन गर्र्दै आएका एक व्यापारीलाई अपरिचित नम्बरबाट मोबाइलमा फोन आउँछ । फोन उठाएपछि लुटेरा समूहका व्यक्तिले ‘तपाईंको पसलमा पटक–पटक आएर लामो समयदेखि सामान खरिद गर्ने गरेको’ बताउँदै आफू समस्यामा परेको बताउँछ ।

आफूसँग डलर भएको र साट्नको लागि केही प्रक्रिया थाहा नभएको बताउँदै ती व्यापारीलाई सस्तोमा साट्न आग्रह गरिन्छ । सस्तोमा डलर पाइने भएपछि ती व्यापारी ४ लाख रुपैयाँ बोकेर भक्तपुरको सिद्धकाली मन्दिरमा पुग्छन् । लुटेरा समूहको योजना अनुसार नै ती व्यापारीको ४ लाख रुपैयाँ लुटेर रुमालमा पोको पारेको नक्कली डलर दिएर लुटेरा समूह फरार हुन्छ । 

... ...

भक्तपुरमा बालुवा–गिट्टी व्यवसाय गर्दै आएका टोखाका एक पुरुष पनि सोही लुटेरा समूहबाटै लुटिएका छन् । जग्गा किनबेचको काम गर्ने उनलाई पनि अपरिचत नम्बरबाट फोन आउँछ । 

फोन उठाएपछि २ वर्षअघि मालपोत कार्यालयमा भेट भएको भन्दै नजिकिएर समस्या दर्शाउँदै सस्तोमा डलर साट्ने प्रस्ताव गरिन्छ । लुटेरा समूह योजना अनुसार नै उनलाई पनि भक्तपुरको बोडेमा बोलाएर ५ लाख रुपैयाँ लुटेर फरार हुन्छ । 

... ...

रोल्पा घर भई १३ वर्षदेखि ललितपुरमा किराना पसल गर्दै आएका ५६ वर्षीय व्यक्ति पनि सोही लुटेरा समूहबाट लुटिए । 

आफू किराना पसलमा आइरहने बताउँदै केही समस्या बताएर सस्तोमा डलर साट्न आग्रह गर्दै लुटेरा समूह ९ लाख ८० हजार रुपैयाँ लुटेर फरार भयो । सस्तोमा डलर पाउने भएपछि गत असोज ६ गते भक्तपुरको बोडे चिहानडाँडामा पुगेका उनी लुटिएर फर्किए ।

... ...

गोरखा स्थायी घर भई केही समयअघि मात्रै पोर्चुगलबाट नेपाल आएका ३० वर्षीय एक व्यक्तिको पनि सोही लुटेरा समूहले भक्तपुरको रोजभिलेजबाट ५ लाख रुपैयाँ लुट्यो ।

यसरी विभिन्न प्रलोभनमा पारेर लुट्ने समूहलाई महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रवार गाठाटारको एक होटलमा मदिरा पिउँदै पैसा बाड्दै गर्दा पक्राउ गरेको छ । नक्कली डलर देखाएर २६ लाख ८० हजार रुपैयाँ लुट्ने १ महिलासहित ५ जनाको गिरोह पर्दाफास भएको छ ।

भक्तपुरका विभिन्न स्थानबाट ३ महिनामा विभिन्न व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएका व्यक्तिलाई लक्षित गरी लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका स्थायी घर भई हाल भक्तपुर तथा काठमाडांैका विभिन्न स्थानमा डेरा गरी बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ छन् । भक्तपुरलाई आधार बनाएर लुटपाटको घटना बढेको सूचनापछि प्रहरीले लुटपाटमा संलग्न व्यक्तिको खोजी कार्यलाई तीब्र बनाएको थियो । 

लामो समयदेखि अनुसन्धानमा केन्द्रित भएर खोजतलास गर्दा प्रहरीले शुक्रवार मध्यपुर थिमी नगरपालिका–९ बाट ८ जनालाई पक्राउ गरे पनि ३ जनाको संलग्नता नदेखिएपछि छाडेको जनाइएको छ ।

फेसबूक आईडी वा फोनबाट युवतीले कुराकानी गर्दै व्यापारी र हालसालै विदेशबाट आएका व्यक्तिलाई डलर साट्ने प्रलोभनमा पारेर लुटपाट गर्ने गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिले आगामी दिनका लागि समेत लुटपाटको योजना बनाउँदै कागज काटेर डलरको लक्कु बनाउँदै गर्दा प्रहरीले पक्राउ गरेको छ । 

लुटेरा समूहबाट प्रहरीले २ लाख ४२ हजार ९३५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल ५, २ वटा मोटरसाइकल र डलर भनी झुक्याउन तयार गरिएको कागजको बिटो २ बन्डल बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरूको आइतवार म्याद थप गरी थप अनुसन्धान थाल्ने प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x