×

NMB BANK
NIC ASIA

लकडाउनले हाटबजार बन्द हुँदा कृषक चिन्तित, आयआर्जनमा धक्का

असोज १९, २०७७

NTC
Premier Steels

सुर्खेतको पश्चिममा पर्ने पञ्चपुरी नगरपालिकामा दशकौंदेखि सञ्चालनमा आइरहेको हाटबजार पूर्ण रूपमा बन्द भएको छ ।

Muktinath Bank

हाटबजार बन्द भएपछि कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य सामानहरू बिक्री गर्न पाएका छैनन् । जसले गर्दा कृषकको आम्दानीमा धक्का लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बरैचे निवासी हरिकला अधिकारीले विगतमा हाटबजारमा उत्पादन बेचेपछि आम्दानी पर्याप्त हुने भएपछि धानको साटो पिडालु खेती शुरू गरेकी थिइन् । पिडालु तयार भइरहेकोे समयमा हाटबजार बन्द भएका कारण कहाँ बिक्री गर्ने भन्ने चिन्ता छाएको छ ।


Advertisment
Nabil box
Kumari

कुनै बेला घरायसी प्रयोगका लागि मात्र पिडालु खेती गर्दै आएकी उनले पछिल्लो समय व्यावसायिक रूपमा नै उत्पादन थालेकी थिइन् । 

Vianet communication

सालकोटका किसान धनीराम सापकोटा हरेक शनिवार बाबियाचौरमा लाग्ने हाटबजारमा पुग्थे । बारीमा उत्पादन भएको टमाटर र खुर्सानी बिक्री गर्न थालेको ५ वर्ष भयो । ‘हाटबजार सञ्चालनमा आएको समयमा २ घण्टामा नै सबै विक्री हुन्थ्यो । बिचौलियाले फाइदा उठाउन पाउँदैन्थे तर लकडाउनका कारण न भनेको मूल्य पाउन सकिएको छ, न त पर्याप्त आम्दानी नै भएको छ,’ उनले भने ।

हाटबजारमा कृषि उत्पादन साटासाट गर्ने पनि गरिन्थ्यो भने हरेक शनिवार उत्पादक र खरिदकर्ताको भीड नै लाग्थ्यो । हाटबजारमा खसीबोकादेखि सिन्कीसम्म बिक्रीका लागि ल्याउने गरिन्थ्यो । दशैं आइरहेको समयमा खसीबोका पनि सस्तोमा पाउने, कुखुराहरू पर्याप्त पाउने हाटबजार अहिले सुनसान बन्न पुगेको छ । कोरोनाको महामारीले चैतदेखि लकडाउन हुँदा हालसम्म हाटबजार सञ्चालनमा आउन सकेको छैन । हाटबजार सञ्चालनमा नआउँदा स्थानीयहरू महंगीको मारमा पर्नुपरेको छ ।

बाबियाचौरका जगत कार्की हाटबजार सञ्चालनमा नआउँदा महंगोमा तरकारी खरिद गर्नुपरेको गुनासो गर्छन् । हाटबजारले कृषक तथा उपभोक्तालाई सस्तो, अग्र्यानिक वस्तु उपलब्ध गराउने र त्यसले दुवै पक्षलाई फाइदा हुने गथ्र्यो । उनी भन्छन्, ‘अब यो लकडाउनको अवधिमा सामाजिक दूरी कायम गरेर भए पनि हाटबजार सञ्चालनमा ल्याउनुपर्छ ।’ दशैं नजिकिएको समयमा हाटबजार सञ्चालनमा आएको खण्डमा सुर्खेतकै उपभोक्ता लाभान्वित हुने उनले बताए । हाटबजारबाट खरिद गरिएका खसीबोका पोखरा र काठमाडौंसम्म लगेर बिक्री गर्ने इतिहास रहेको उनले बताए । 

हाटबजारका कारण किसानको आयस्तर वृद्धि भएको बताउँदै हप्तामा २ दिन शनिवार र मंगलवार हाटबजार सञ्चालन गर्ने तयारी भए पनि कोरोनका कारण समस्या भएको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले बताए । ‘तत्काल हाटबजार सञ्चालनमा ल्याउने अवस्था छैन । नोक्सान सबैको भएको छ,’ उनले भने, ‘हामी कोरोना सामान्य भएपछि २ दिन हाटबजार सञ्चालन गर्ने र यसलाई थप व्यवस्थित बनाउँदै लैजाने योजना बनाएका छौं ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x