
जाडोमा धेरै मानिसहरू विरामी हुने गर्छन् । जाडोको समयमा रुघाखोकी, ज्वरो, ब्याक्टेरियल इन्फेक्सन अधिकतम हुने गर्छन् । यसको लागि धेरैले मेडिकल तथा अस्पतालमा गएर धेरै पैसा खर्च गर्ने गर्छन् ।
जाडोमा तपाई हाम्रो इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) मा कमी हुन्छ ।
कतिपय यस्ता तरकारी र खाना छन् जसले हाम्रो रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।
इम्युनिटी पावरलाई बढाउनको लागि न्यूयोर्कबाट सर्टिफाइड न्यूट्रिशनिस्ट एवं रजिस्टर्ड डाइटिसियन लिसा यराहाले १० वटा इम्युनिटी बुस्ट गर्ने १० वटा खाना बताएकी छन् ।

रेड क्याप्सिकम (रातो भेडे खुर्सानी)
भिटामिनको क्षमतालाई बढाउन अर्थात बुस्ट गर्नको लागि रेड क्याप्सिकम (रोतो भेडे खुर्सानी) काम लाग्छ ।
डाइटिसियन लिसाका अनुसार पिरो अमिलो खानेकुराले भिटामिन सी पाइन्छ । यसले गर्दा शरिरमा भिटामिन सिको मात्र बढाएर तापक्रमलाई ब्यालेन्स गर्दछ ।

सोप
तपाई हामीले खाजा घर, रेष्टुरेन्टमा खाजा खाना खाइसकेपछि सोप खाने गर्नु भएको छ भने त्यसले फाइदा दिने लिसा बताउँछिन् ।
सोपमा करिब २० प्रतिशतसम्म भिटामिन सी पाइन्छ । दैनिक यसको सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसले शरिरमा व्याक्टेरिया मार्ने सेतो रगत उत्पाद गर्नमा मदत गर्छ जसका कारण शरीरलाई रोगबाट लड्न मदत गर्छ ।

दही
दहीमा भएको प्रोवायोटीक तत्वले हाम्रो शरीरमा दूषित हुनबाट जोगाउँछ र संक्रमणबाट रिकभर गर्न सहयोग गर्छ । र दहीले पाचन प्रकृयामा पनि सहयोग गर्ने भएकाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने डाइटीसीयन लिसाको भनाइ छ ।

ग्रीन टी
ग्रीन टीले शरिरको मोटोपनलाई घटाउन मदतका साथै यसमा भएको एन्टी अक्सीडेट्सलाई कम गर्छ । ग्रीन टीले शरिरमा उत्पादन हुने एन्टी अक्सीडेट्स र रडिकल्सबाट पनि बचाउँछ ।

सखर खण्ड
जाडोमा सखरखण्ड (स्वीट पोटाटो) खानाले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । यसले शरिरमा भएको एन्टी अक्सीडेट्स भएको कार्बोहाइड्रेडले कोशिकालाई काम गर्न ताजा बनाउँछ ।

लसुन
प्राय गरेर हामीले लसुनलाई तरकारीको स्वाद दिनको लागि खान्छौं तर यसबाट धेरै फाइदा छन् । विषेशत यसमा क्याल्सीयम, पोटासियम र सल्फ्यूरीक पाउडर हुन्छ । यसले गर्दा हाम्रो शरिरमा भएका व्याक्टेरिया मार्न सहयोग गर्छ ।
बेसार
बेसार त हाम्रो भान्छामा नभइ नहुने कुरा हो जुन औषधी हो । यसले गर्दा इम्युनिटी पावर बढाउनुका साथै रेडिकल्स हुनबाट पनि बचाउँछ । बेसार इन्फेक्सन हुनबाट पनि बचाउने लिसा बताउँछिन् । 
साल्मन माछा
साल्मन माछालाई सुपर खानाको रुपमा लिइन्छ । यो प्रोटिनको उच्च स्रोत हो । ओमेगा ३ फ्याट एसिडका कारणले गर्दा शरिरमा टी सेल्स सक्रिय गर्न मदत पुग्छ । शरीरमा जति धेरै टी सेल्स सक्रिय भयो त्यति नै रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

