
चाणक्य नीतिअनुसार जहाँ व्यक्तिलाई कुनै मान-सम्मान मिल्दैन, जहाँ आदार हुँदैन र जहाँ कुनै रोजगारी मिल्दैन यस्तो ठाउँ छोड्नुपर्छ ।
चाणक्यले कुनै एउटा सफल व्यक्तिले आफ्नो कमजोरी कहीं कसैलाई पनि भन्न नहुने महत्त्वपूर्ण कुरा सिकाएका छन् । यसबाट कसैले पनि फाइदा उठाउन सक्छ ।
उनको नीतिका अनुसार जसप्रति पूरा भरोसा गर्न सकिन्छ वा जसले विश्वासघात गर्दैन उसलाई साँचो मित्र मान्न सकिन्छ । उनका अनुसार साँचो मित्रले दुखको समयमा साथ छाड्दैन ।
चाणक्य नीतिका अनुसार यस्तो मान्छेलाई कसैले पनि साथी बनाउनु हुँदैन जसले अगाडि मिठो कुरा गर्छ र पछाडि नमिठो कुरा काट्छ । यस्ताले जुनसुकै बेलामा पनि ढोका दिन सक्छन् ।
उनका अनुसार कुनै मूर्ख व्यक्तिलाई जति सम्झाएपनि मूर्खाताकै कारण उसले केही पनि सम्झिन सक्दैन । यस्ता व्यक्तिलाई प्रशंसा गर्नुपर्छ ।