×

NMB BANK
NIC ASIA

आस्था राउतको सांगीतिक टुरको शेड्युल निकै व्यस्त थियो । कहिले अमेरिका, कहिले जापान, कहिले दुबई । दुबईबाट फर्किएको भोलिपल्टै झापा अनि बुटवल ।  बुटवलबाट फर्किएको केही दिनमा पोखरा, नेपालगञ्ज अनि दार्जिलिङ । त्यसपछि फेरि विदेश ।

Muktinath Bank

यसैगरी उनको सांगीतिक टुर चलिरहेको थियो । एक्कासि कोरोना महामारीले नेपालमा पनि प्रभाव जमायो । सरकारले लकडाउनको घोषणा गरेपछि आस्थाले मौखिक सहमति जनाएका नेपाल तथा बाहिरका केहि सांगीतिक कार्यक्रम रद्द भए । आम मानिसजस्तै आस्थाको जीवन पनि घरभित्रै लकडाउनमा थुनियो । आस्था भन्छिन्, ‘स्वास्थ्यको सबैभन्दा ख्याल गर्नुपर्ने समय थियो त्यो । तर, अब बिस्तारै जीवन कसरी चलाउने भन्ने ठूलो तनावले सताएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खासमा गायक–गायिकाको कमाइ हुने सबैभन्दा बलियो पाटो हो, स्टेज । आस्थाको पनि स्टेजबाटै जीवन चलिरहेको थियो । तर, ९ महिनादेखि कुनैपनि सांगीतिक कार्यक्रम सञ्चालनमा आएका छैनन् । यसले आस्थालाई मात्रै चिन्तित बनाएको छैन, आम कलाकारहरूको मुख सुकाएको छ । आस्था थप्छिन्, ‘यो असाध्यै चिन्ताको विषय हो । तर, जबरजस्ती कुनैपनि संघसंस्थाले भीडभाड गरेर कुनै कार्यक्रम गर्छन् जस्तो मलाई लाग्दैन ।’


Advertisment
Nabil box
Kumari

आस्थाले स्वयं आफूहरूलाई पनि भीडभाडमा जान डर हुने भएकाले सांगीतिक कार्यक्रम चलायमान हुनका लागि कोरोनाको औषधि आउनुपर्ने उनको तर्क छ ।

Vianet communication

कोरोना महामारीले अझै छाडेको छैन । नेपाली कलाकारहरूको सांगीतिक कार्यक्रमको केन्द्र विदेश हो । तर, अधिकांश मुलुक अझै कोरोना महामारीबाट मुक्त भएका छैनन् । सोही कारण पनि यो वर्ष स्टेज चढेर राम्रो आम्दानी गर्ने कलाकारको सपना हराएको छ ।

यसवर्ष नेपाल तथा बाहिरका विभिन्न स्थानमा हुने सांगीतिक कार्यक्रम ठप्प हुने अनुमान गरिएको छ । गीत रेकर्ड त भइरहेको छ, म्युजिक भिडियोहरू पनि बनिरहेका छन्, आस्था थप्छिन्, ‘स्टेज कार्यक्रम हुँदाको जीवन र नहुँदाको जीवन धेरै फरक हो । यसले म मात्रै होइन नेपालका धेरै गायक–गायिकाको जीवनमा ठूलो प्रभाव पारेको छ ।’

यदि अरू केही वर्ष सांगीतिक कार्यक्रम नभए ? कोरोनाको औषधि समयमै नेपालमा आएन भने ? आस्था थप्छिन्, ‘चल्न त जसोतसो जीवन चल्छ । तर, सहज पक्कै नहोला । त्यसका लागि केही विकल्प सोच्नुपर्ने हुन्छ ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x