×

NMB BANK
NIC ASIA

चलचित्र नगरी कब्जाको रणनीति : अनमोल केसी र प्रदीप खड्काबीच यो कस्तो लडाइँ ?

मंसिर १७, २०७७

NTC
Premier Steels

पछिल्लो समयका लोकप्रिय युवा स्टार हुन्, अनमोल केसी र प्रदीप खड्का । 

Muktinath Bank

यी दुवै कलाकारको भव्य ‘स्टारडम’ छ । निकै राम्रो ‘फ्यान फ्लोइङ’ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्को संयोग पनि मिल्छ – चलचित्र उद्योगमा यी दुवै कलाकारको आगमन पनि लगभग उस्तै समयमा भएको हो । उनीहरूले चलचित्रमा पाउने भूमिका पनि उस्तै खालको छ ।


Advertisment
Nabil box
Kumari

‘लभ स्टोरी’ चलचित्रका लागि सबैभन्दा धेरै खोजिने अभिनेताको सूचीमा अनमोल र प्रदीपको नाम अग्रपंक्तिमा आउँछ । उनीहरूका चलचित्र प्रदर्शन हुँदा एकखालको हल्ला हुन्छ । मिडियामा समाचार राम्रै ‘कभरेज’ हुन्छ । चलचित्र हेर्न दर्शकको भीड लाग्छ ।

Vianet communication

अर्को संयोग के पनि मिल्छ भने यी दुवै अभिनेतालाई न पाका पुस्ताका दर्शकले चिन्छन्, न बालबालिकाले । उनीहरूलाई चिन्ने र मन पराउने पुस्ता भनेको युवा पुस्ता हो ।

हाल अभिनेता अनमोल केसी ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन्, प्रदीप खड्का चलचित्र ‘प्रेम गीत ३’ को छायांकन सकेर चलचित्र ‘हुतुतु’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । अनमोल यो चलचित्र सक्नासाथ ‘एन्टी हिरो’मा व्यस्त हुनेछन् । उनको लाइनअपमा अर्को चलचित्र ‘पारस’ पनि छ ।

भुवन केसीका अनुसार अनमोलले ए मेरो हजुर ४ को काम सकेपछि पारस अथवा एन्टी हिरो जुन चलचित्रमा काम गर्न सक्नेछन् । प्रदीप हुतुतु सकेपछि दिनेश राउतको नयाँ चलचित्रमा काम गर्दैछन् ।

न चलचित्रको अभाव, न स्टारडमको खडेरी । लोभलाग्दो स्टारडम र राम्रो फ्यान फलोइङबीच अनमोल र प्रदीपबीच ‘स्टारडम’को ठूलो लडाइँ छ । उनीहरू एकअर्काबीच भेटघाट गर्दैनन् । फोनमा पनि कुराकानी हुँदैन । एकले अर्काको विषयमा बोल्न पनि पैसा लाग्छ कि जस्तो गर्छन् ।

सार्वजनिक समारोहमा समेत उनीहरू एकै समयमा उपस्थित हुँदैनन् । उनीहरू निकट एक निर्देशक भन्छन्, ‘दुवैलाई स्टारडमको घमण्ड छ । सोही कारण चलचित्र उद्योगमा लोकप्रिय अभिनेताको सूचीमा परेको ६–७ वर्षमा समेत उनीहरू सँगै कफी भेटघाट गरेको सुनिएको छैन ।’

निरन्तर भेट हुन्छ : प्रदीप, व्यक्तिगत रूपमा चिन्दिनँ : अनमोल

अनमोल–प्रदीपबीच स्टारडमको कतिसम्म लडाइँ छ भन्ने कुरा उनीहरू निकटलाई राम्रैसँग थाहा छ । तर अनमोल र प्रदीपले भने यस कुरालाई स्वीकार गर्दैनन् । दुवैलाई स्टारडमको निकै घमण्ड छ, जुन कुरा चलचित्र उद्योगका जानेमाने सबैलाई थाहा छ ।

हालै भएको भेटमा प्रदीपले अनमोलसँग निरन्तर गफ हुने गरेको र भेटघाट भइराख्ने गरेको प्रतिक्रिया दिए । उनले आफूहरू छिट्टै कुनै एक चलचित्रमा सँगै काम गर्ने सम्भावना समेत रहेको बताए । प्रदीप भन्छन्, ‘सँगै काम गर्ने गरी एक स्क्रिप्टमा काम भइराखेको छ । दर्शकले चाँडै एक चलचित्रमा हामी २ जनालाई सँगै भेट्नुहुनेछ ।’

अनमोलले भने व्यक्तिगत रूपमा प्रदीपलाई नचिन्ने प्रतिक्रिया दिए । उनले भने, ‘उहाँ राम्रो कलाकार हो । उहाँले काम गरेका चलचित्रहरूलाई फलो गरेको छु । तर व्यक्तिगत रूपमा उहाँलाई नजिकबाट चिन्दिनँ ।’

प्रदीपले भनेजस्तो छिट्टै एक चलचित्रमा सँगै काम गर्ने विषयबारे अनमोलले आफूलाई केही थाहा नभएको बताए । उनले थपे, ‘भविष्यको कुरा त कसलाई थाहा हुन्छ ? सँगै काम गर्न सकिएला तर अहिले उहाँ र म एउटै चलचित्रमा काम गर्ने कुरा भर्खरै सम्भव होला जस्तो लाग्दैन ।’

प्रदीपभन्दा अनमोल माथि ?

अनमोल र प्रदीपमध्ये कुन अभिनेताका चलचित्र ‘हिट’ छन् ? त्यसका लागि उनीहरूले काम गरेका विगतका चलचित्रको लेखाजोखा गर्न सकिन्छ । प्रदीप खड्का सन्तोष सेनको आसुसेन ब्यानरबाट सधै हिट हुन्छन्, अन्य ब्यानरका चलचित्र उनलाई फापेको देखिन्न । तर अनमोल अभिनित धेरैजसो चलचित्र हिट छन् ।

प्रदीपले काम गरेको पहिलो चलचित्र स्केप दर्शकले नाम समेत सुन्न भ्याएनन् । त्यसपछि काम गरेका २ चलचित्र प्रेम गीत र प्रेम गीत २ निकै हिट भए । ‘प्रेम गीत २’मा राम्रो काम गरेबापत यस चलचित्रका निर्माता सन्तोष सेनले ५२ लाख रुपैयाँको कार गिफ्ट दिए । त्यसपछि उनले लगत्तै सन्तोष सेनको ब्यानरबाट बाहिर गएर रोज, लभ स्टेसन र लिलिबिलीमा काम गरे । तर रोज र लभ स्टेसन नराम्रोसँग पछारिएपछि भने प्रदीप फेरी सन्तोष सेनको क्याम्पमा फर्किएका छन् ।

उनले सन्तोषको क्याम्पबाहिर गएर काम गरेको चलचित्र लिलिबीली हो, जुन ठीकै चल्यो । तर यो चलचित्र चल्दै गर्दा निर्माताद्वय मिलन चाम्स र सुदीप खड्काको अर्का निर्माता गोविन्द शाहबीच आर्थिकको मामिलामा अहिलेसम्म लडाइँ छ । आम्दानी राम्रै गरेपनि गोविन्द शाहीले रकम लुकाएको भन्दै प्रहरीमा उजुरी नै पर्‍यो, प्रहरीले गोविन्दलाई पटक–पटक समात्दै धरौटीमा छाडेको छ । तर हिसाबकिताब अझै मिलेको छैन ।

भन्नेले त के समेत भन्छन् भने प्रदीप खड्काभन्दा हिट आसुसेन फिल्म ब्यानर छ । प्रदीपभन्दा यस चलचित्रका निर्माता सन्तोष सेनको स्टारडम बलियो छ । किनभने यो ब्यानरबाट कलाकार हिट हुन सहज छ । सोही कारण ब्यानरसँग नजिक रहेर काम गर्न नेपालका हरेकजसो कलाकारलाई मन छ । अनमोलले समेत यस ब्यानरबाट छिट्टै एक चलचित्रमा काम गर्दैछन् । जसका लागि अनमोल र सन्तोष सेनको पटक–पटक भेटघाट समेत भएको छ ।

अनमोलले यसअघि काम गरेका चलचित्रको हिसाबकिताब निकाल्ने हो भने उनले काम गरेका ९० प्रतिशत चचित्र सफल छन् । अनमोलको डेब्यु प्रोजेक्ट ‘होस्टेल’ हिट प्रोजेक्ट हो । त्यसपछि उनले जेरी, ड्रिम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर ३ लगायतका चलचित्रमा काम गरे । तर अनमोलको चलचित्र कृ र क्याप्टेन व्यावसायिक रूपमा निर्माण पक्षले सोचेजस्तो भएन । बाँकी उनका अधिकांश चलचित्र सफल भएको मानिन्छ ।

‘साइलेन्ट फाइट’

अनमोल र प्रदीपबीच साइलेन्ट फाइट राम्रै देख्न सकिन्छ । उनीहरू कुनै सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदाको शैली, पारिश्रमिकको माग र देखावटी मपाइत्व शैलीले पनि उनीहरूबीच भित्रभित्रै लडाइँ छ भन्न सकिन्छ ।

बलिउडमा ‘साइलेन्ट फाइट’ सलमान खान, शाहरूख खान र आमिर खानको वर्षौंसम्म चल्यो । तर उनीहरूबीच भित्रभित्र जतिसुकै ठूलो लडाइँ भए पनि उनीहरूका फ्यानहरू कित्ता–कित्तामा बाँडिए पनि यी सेलिब्रेटीहरू निरन्तर भेटघाट गर्छन् । कफी गफ गर्छन् । एकले अर्काको चलचित्र प्रदर्शनका बेला शुभकामना दिन्छन् । सहयोग गर्छन् ।

तर अनमोल र प्रदीप भने यस्तो मामिलामा जानकार नै छैनन् । सँगै भेटेर चलचित्र उद्योगको विगत वर्तमान र भविष्यबारे कहिल्यै छलफल गरेको सुनिएको छैन ।

तेस्रो स्टार जन्मने मौका

अनमोल र प्रदीपको मपाइत्व व्यवहारले चलचित्र उद्योगमा अन्य केही स्टारलाई रामै्र फाइदा हुन पुगेको छ । उनीहरूको साइलेन्ट फाइटका कारण पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ जस्ता केही स्टारका लागि भने फाइदा भएको छ । 

चलचित्र उद्योगका निर्देशक तथा निर्माताले तेस्रो विकल्प खोज्ने क्रममा प्रदीप र अनमोल पाखा लाग्दै अरुले काम पाइरहेका छन् । अन्य कलाकारलाई चम्किने मौका मिलेको छ । विराज भट्ट, निखिल उप्रेती पाखा लागेपछि आर्यन सिग्देल र जीवन लुइटेलको राम्रो पकड देखियो । जीवन अमेरिका पलायन भए, आर्यन अझै चलचित्र उद्योगमै सक्रिय छन् । त्यसपछि भने सौगात मल्ल र दयाहाङ राईको आगमन भयो । त्यसपछि नेपाली चलचित्रमा अनमोल, प्रदीपहरूको उदय भएको हो । तर अनमोल र प्रदीपको मपाइत्वले उनीहरूलाई पाखा लगाएर अर्को स्टारले चलचित्र क्षेत्रमा राज गर्न सक्ने सम्भावना रहेको कतिपयको विश्लेषण छ ।

बडीगार्ड राख्ने होडबाजी !

रोचक त के भने अनमोलले बडीगार्ड राख्न थालेपछि प्रदीप पनि सार्वजनिक कार्यक्रममा जाँदा बडीगार्डसहित देखिन थाले । यस्ता कुरालाई कतिपयले सामान्य प्रतिस्पर्धा मान्छन् तर चलचित्रको सफलता, कमाइजस्ता कुरामा पनि दुवैबीच निकै प्रतिस्पर्धा रहेको मान्नेहरू चलचित्र उद्योगमा धेरै छन् । पछिल्लो समय हरेकजसो कार्यक्रममा यी दुवै स्टार बडीगार्डका साथमा उपस्थित हुने गरेका छन् । तर बलिउड र हलिउडमा जस्तो फ्यानहरूबाटै आक्रमण हुने स्थिति यहाँ छैन ।

अचम्मको कुरा त के छ भने पत्रकार र चलचित्रकर्मीबीच आयोजना हुने विशेष शोमा समेत उनीहरू बडीगार्डको साथमा उपस्थित हुने गर्छन्, जसलाई धेरैले बेतुकको व्यवहार भन्ने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x