×

NMB BANK
NIC ASIA

संसद् विघटन प्रस्तावबारे कलाकारहरूको टिप्पणी : काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर…!

पुस ५, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिहान मन्त्रिपरिषद् बैठक राख्दै संसद् विघटन गर्न सिफारिस गर्ने निर्णय गरे  । 

Muktinath Bank

ओलीको यस कदम संवैधानिक तथा राजनैतिक दृष्टिकोणले गलत भएको टिकाटिप्पणी भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै बीचमा कलाकारहरूले पनि संसद् विघटन गर्न सिफारिस गर्नु गलत भएको टिप्पणी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

हास्य कलाकार तथा अभिनेता हरिवंश आचार्यले प्रधानमन्त्री ओलीले आज जुन कदम चालेका छन् त्यसले आफुलाई असाध्यै चिन्तित र दुःखी बनाएको बताए । 

Vianet communication

‘चुनावमा जनताले दिएको मतको कदर भएन, यति मात्रै होइन यो सरकारले जनताबाट विश्वास गुमाएको छ, लोकान्तरसँग उनले भने, ‘यस्तो सरकार पाउनुमा धिक्कार छ ।’ 

अभिनेता आचार्यले अब पनि जनताले पार्टी चयन गर्दा, नेता छान्ने समयमा असाध्यै सोचेर कदम चाल्नुपर्ने समेत प्रतिक्रिया दिए । 

‘हामी आम नेपालीहरू कति अभागी ? उनले थपे, ‘हाम्रो भाग्यमा एउटा पनि राम्रो नेता नपाउने कस्तो मुलुकको नागरिक भएर जन्मिएछ बरै ?’ 

व्यक्तिगत स्वार्थका लागि नेपालका नेताहरूले विगतमा पनि विभिन्न अप्रिय कदम चालेको र अहिले पनि त्यस मध्येको एउटा कदम भएको भन्दै उनले यस्ता किसिमका कदमले नेपालीहरूलाई झन् झन् निराशातर्फ धकेलिदिएको उनको भनाइ छ ।

पुराना चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेलले आज प्रधानमन्त्री ओलीले जुन कदम उठाएका छन् यसलाई ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमितिर’को संज्ञा दिएका छन् । 

उनले भने, ‘संविधानको मुल भुत कुरा के हो ? अब देशलाई कता लैजाने ? जनताबाट पाएको बहुमतको मुल्यांकन नगरेर त्यसको विपरित जुन कदम चालिएको छ यो असाध्यै गलत कुरा हो ।’ उनले यो कुनैपनि कोणबाट गर्न नहुने र गलत एक्सन भएकाले प्रधानमन्त्री सच्चिएर अघि बढ्न उनले सुझाव दिए । यस्तो वाहियात काम पनि कसैले गर्छ ? उनले प्रश्न गर्दै भने, ‘यो किन गरिएको हो ? जनता पुर्ण रुपमा यसको विरोधमा छन्, कसका लागि गरिएको हो ? व्यक्तिगत स्वार्थमा लागेर कहिलेसम्म राजनीति गर्ने ?’

वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले संसद विघटनको जुन कुरा आएको छ यसले समग्र देश र जनतालाई राम्रो नगर्ने बताए । 

उनले भने, ‘यसको कानुनी पाटो, राजनीतिक बाटो फरक कुरा होला । तर, देश भएर, जनता भएर हेर्दा यो असाध्यै गलत कदम हो । यो जनतालाई झन् निराशातर्फ धकेल्ने कदम हो ।’

लामो समयदेखि जनताले स्पष्ट बहुमतको सरकार खोजिरहेको र त्यसैका लागि नेकपालाई यति धेरै मत दिएको भन्दै गजुरेलले जनताले अन्तिम प्रयोगको रुपमा नेकपालाई सरकार संचालनको जिम्मा दिएको र अब चैं त्यो किसिमको मत नदिने प्रतिक्रिया दिए  ।

अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपालका नेताहरूको बेहोरा पहिलादेखि थाहा पाएकाले यो अचम्म नलाग्ने खालको घटना पुनः देख्न पाएको भन्दै केपी ओलीको कडा आलोचना गरेका छन् । 

उनले भने, ‘अहिले काङ्ग्रेसले, अन्य पार्टीहरूले र नेकपाकै केहि नेताले पनि विरोध गरिरहेका छन्, त्यो अर्कै कुरा हो । तर, आम नागरिक भएर सोच्ने हो भने पटक पटक हरेक पार्टीले समय समयमा गलत गरिरहेको, जनताको पक्षमा कसैले पनि काम नगरेको देखिएको छ । यसपटक पनि प्रधानमन्त्रीले एउटा कदम चालेका छन् यसले पनि नेपाली जनतालाई थप निराश मात्रै बनाएका छन् । नेपालका सबै नेता एउटै बगैँचाका फूल हुन्, कसैको काम छैन । यी फूलहरू काम नलाग्ने अप्रिल फूलहरू हुन् । जसको आम नागरिकले सोच्नुपर्छ ।’ 

अहिले कोभिडसँग लड्ने समय हो, नेपालमा बेरोजगारीको संख्या बढिरहेको छ, नागरिक खान नपाएर भोक भोकै मरिरहेका छन्, उनले थपे, ‘यस्तो अवस्थामा संसद विघटनमा लैजाने भन्ने कुरा दुर्भाग्यपूर्ण छ । ५ वर्षे सरकार नदेखि मरिएला जस्तो छ । दुई तिहाई पनि दुई तुहाई भो.. ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x