२७ असार २०८३, शनिबार

चीनका सैनिकमा गोली हानेर कीला ठोक्ने अद्भुत क्षमता [भिडियो]

फागुन २५, २०७७
चीनका सैनिकमा गोली हानेर कीला ठोक्ने अद्भुत क्षमता [भिडियो]

चीनका अग्रणी सैनिक झोउ शियाचाओसँग गोली हान्ने अद्भुत क्षमता छ ।

उनले १६ फीट परबाट गोली हानेर कीलालाई काठमा ठोकेको भिडियो चिनियाँ सेनाले सार्वजनिक गरेको छ । 

झोउ जनमुक्ति सेनाको नेभी मरिन कोरमा डेपुटी कमान्डर छन् । 

उनको यो अद्भुत प्रतिभाको भिडियो चिनियाँ जलसेनाले वीबोमा आफ्नो आधिकारिक अकाउन्टबाट खोलेको हो । 

गत वर्ष पोस्ट गरिएको २५ सेकेन्डको क्लिपमा उनले राइफलबाट तारोमा हानेको देखिन्छ । 

त्यसपछि उनी पिस्तोल निकाल्छन् र काठको बोर्डमा ठोकिएका कीलामा निशाना सोझ्याउँछन् । 

भिडियोमा कमान्डरले एउटा कीलालाई तारो बनाएको र गोली हानेको देखिन्छ । गोली कीलामा लाग्छ र त्यसलाई काठभित्र थप घुसाउँछ ।

चिनियाँ जलसेनाले झोउ आफ्ना सबभन्दा काबिल डेपुटी कमान्डर भएको दाबी गर्दै उनको शूटिङ शैली स्थिर, सीधा र लक्ष्यभेदी भएको भन्दै प्रशंसा गरेको छ । 

झोउ १० वर्षअघि सेनामा भर्ती भएका हुन् । आफू बालक हुँदादेखि नै सैनिक बन्ने सपना रहेको उनले शिन्ह्वा समाचार संस्थालाई बताए । 

आफूले लक्ष्यभन्दा ३३ फीट परबाट एकपछि अर्को प्रहार गरी एउटा सानो दुलोमा तीनवटा गोली पसाउन सक्ने पनि उनले बताएका छन् ।

भिडियो - 

salt training

कमेन्ट गर्नुहोस्