१४ असार २०८३, आइतबार

प्रविन बेड्वालको स्वरमा ‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक

प्रविन बेड्वालको स्वरमा ‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक

प्रविन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत सार्वजनिक भएको छ । 

परदेशको पीडामा कथा समेटिएको यो गीतमा खगेन्द्र पन्धाक लिम्बूको शब्द र संगीत रहेको छ भने कुमार सानुको मिक्सिङ र श्याम लिम्बूको एरेञ्ज रहेको छ । ‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम इन्दु जिमी , नैना वनेम, लक्ष्मी लिम्बू, रत्न थापा, तीलक सोमल मगर, पूर्णकला मगर, लक्ष्मण गुरुङ, सुगग्यानी गुरुङ र प्रगड गुरुङ देख्न सकिन्छ ।

उक्त भिडियोमा परदेशको पीडाको कथा समेटिएको छ । किशोर कुमार पन्धाकको निर्देशनमा रहेको भिडियोलाई बिक्रम गुरुङले छायांकन गरेका छन् भने सम्पादन खगेन्द्र पन्धाक लिम्बूले गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्