१४ असार २०८३, आइतबार

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

असार १४, २०८३
काठमाडौं
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
फाइल फोटो

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने सिन्धुपाल्चोकका दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख २३ हजार पाँच र २२ बुक ताससहित पक्राउ गरेको हो ।

यस्तै, चितवन, भरतपुर महानगरपालिका–३ पुलचोकमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४६५ र चार बुक ताससहित पक्राउ गरेको हो ।

सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्