×

NMB BANK
NIC ASIA

यो दाजुको मिर्मिरे आँखा
कस्तो मेरो बिगार्‍यो दिमाख
नरोऊ मायालु ... !

Muktinath Bank

सारङ्गीको मीठो धुनमा यसरी नरोऊ मायालु भन्दै गाउँबेसीमा गीत गुञ्जाउने लोक कलाकार धनबहादुर गायक सबैलाई रुवाएर यसै हप्ता संसारबाट अलप भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत माघ १२ गते उपचारकै सिलसिलामा यो सांसारिक मोहबाट उनले आफ्नो इहलीला समाप्त गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

नुहाउने क्रममा लडेपछि बेहोस बनेका उनलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो । केही वर्षदेखि उच्च रक्तचाप र फोक्सोका समेत बिरामी धनबहादुरको ५६ वर्षकै उमेरमा असामयिक र अकल्पनीय निधनले सारङ्गीको एउटा तार नै चुँडिएको शुभचिन्तक स्मरण गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

कालो वर्ण, होचो कद, फुर्तिला र जाँगरिला हर्कबहादुर सारङ्गी र मादल बजाउन माहिर थिए । मीठामीठा गीत रचना गर्ने, आफ्नै संगीत भर्ने र स्वर पनि भर्ने उनी गीत–संगीतका त्रिवेणी थिए ।

यतिसम्म कि पोखरामा हुने सांस्कृतिक कार्यक्रममा धनबहादुरको उपस्थिति अनिवार्य जस्तै हुन्थ्यो । उनी भ्याएसम्म ती कार्यक्रममा प्रायः सहभागी हुन्थे पनि ।
 
पोखरा महानगरपालिका–१६ बाटुलेचौर निवासी धनबहादुर गन्धर्व संस्कृति रक्षाका लागि एक्ला धरोहर नै थिए । उनकै पहलमा १० वर्षअघि बाटुलेचौरमा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला खोलिएको थियो । जहाँ उनले गन्धर्व संस्कृति र सारङ्गी संरक्षणका लागि आउँदो पुस्तालाई पनि सारङ्गी सिकाउन निःशुल्क रूपमा त्यस्तो व्यवस्था मिलाएका थिए । 

गन्धर्व संस्कृतिका धरोहर झलकमान गन्धर्व उनकै मामा थिए । झलकमानको निधनपछि गन्धर्व संस्कृति जगेर्नाका लागि केही न केही गर्नुपर्छ भन्ने सोचका साथ धनबहादुरले सो पाठशाला स्थापना गरेका हुन् । पाठशाला खोलेसँगै धनबहादुर गन्धर्व संस्कृति संरक्षणमा लागिपर्दै आएका थिए । 

गीतसंगीत सिर्जना तथा संरक्षणमा जीवन नै समर्पण गरेका धनबहादुरमा सानैदेखि सारङ्गीप्रति मोह जागेको उनका सहकर्मीहरू सम्झन्छन् । गण्डकी प्रदेश सांसद एवं नेकपा कास्की अध्यक्ष कृष्ण थापा उनै धनबहादुरका विद्यार्थीकालमै सहपाठी थिए । आफ्ना सहपाठीको निधनपछि विक्षिप्त सांसद थापाले आफूहरू स्कूलदेखिकै सहपाठी भएको बताए । सानो उमेरदेखि नै गीतसंगीतमा रुचि राख्ने धनबहादुरले आफ्नो जीवनको अन्ति घडीसम्म पनि सारङ्गीमा झुकाव राखिरहे । उनी सारङ्गी र मादलका सम्राट रहेको हुँदा उनको झुकावको कदर गर्दै तत्कालीन समयमा विन्ध्यवासिनी संगीत पाठशाला खोलेर जिम्मा लगाएको बताए ।

अत्यन्तै मृदुभाषी, मिलनसार, इमान्दार गायकको निधनले गीतसंगीत क्षेत्रमा अपुरणीय क्षति पुर्‍याएको बताए ।

धनबहादुरकै रचनामा बहुचर्चित गीत ‘यो दाजुको मिर्मिरे आँखा ...’ ४० को दशकतिर रेडियो नेपालमा खुबै बज्थ्यो । प्रवीण गुरुङ र बीमाकुमारी दुराको संयुक्त स्वर रहेको सो गीतको रचना एवं संगीत दुवै धनबहादुर गायकले गरेका थिए । लोकसंस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्नेमा उनलाई भरपूर विश्वास थियो ।

बाटुलेचौरमै जन्मिएका थिए, जनकविकेशरी धर्मराज थापा, झलकमान गन्धर्व, कर्णबहादुर गन्धर्व । गीतसंगीतको उर्वरभूमि सो ठाउँमा युवा पुस्तामा जन्मिएका थिए धनबहादुर । बाटुलेचौरमा हाल करीब ७५ घरधुरी गन्धर्व समुदायकै छ । 

बहुप्रतिभाशाली धनबहादुर गायन, संगीत र नृत्यमा निपूर्ण रहेको सम्झिन्छन् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र झलकमान गन्धर्व सारंगी पाठशालाको सहकार्यमा धनबहादुरले मालश्री धुन सुनाउने गरेको श्रेष्ठ सम्झिन्छन् । कल्याण शेरचन प्रतिष्ठानमा उनको महत्त्वपूर्ण भूमिका थियो । डाँफे कला मन्दिरमा लामो समय आबद्ध रहे । 

‘बेली र चमेली ...’, ‘मायामा नभुल ...’, ‘लाग्यो बुढेसकाल ...’ लगायत दर्जनौं चर्चित गीतका उनी सर्जक हुन् । उनले लेखेका गीत माग्न विभिन्न ब्याण्ड आएका थिए तर उनले दिएनन् । साथीभाइसँगको कुराकानीमा उनले भन्ने गर्थे, ‘सांगीतिक क्षेत्रमा पनि गन्धर्व जातिलाई प्रयोग गरेर आफू माथि पुगेपछि बिर्सने प्रवृत्ति हावी छ ।’ त्यही भएर उनै आफैंले पछिल्लो पुस्तालाई सांगीतिक क्षेत्रमा निःशुल्क तालिम अवसर दिएका हुन् । 

धनबहादुरको निधनसँगै गन्धर्व समुदायले असल अभिभावक गुमाएको छ । लक्ष्य ब्यान्डका सदस्य धीरज गुरुङले गीतसंगीतको एउटा नक्षेत्र विलिन भएको बताए । धीरजका अनुसार धनबहादुरले निःशुल्क रूपमा आमा समूहलाई मादल बजाउन सिकाउने पनि गर्दथे । पछिल्लो पुस्तालाई सारङ्गी संरक्षणमा सहभागी गराए । आफूले क्रिस्चियन धर्म मान्ने गरे पनि अन्य जातजाति तथा धर्मावलम्बीलाई उत्तिकै समान व्यवहार गर्दथे । उनको स्मरणमा आफूहरूले के गर्ने भन्नेबारेमा केही समयमै योजना बनाउने पनि जानकारी दिए । लक्ष्य ब्याण्ड विशेष गरी इन्स्टु«मेन्टल ब्याण्ड भएको र सारङ्गी नटुट्ने उनको भनाइ छ ।

बाटुलेचौरकै रञ्जन गायकले आफ्ना काका तथा प्रेरणाका स्रोत धनबहादुरसँग गुरुचेला बन्ने क्रममा सांगीतिक यात्रा टुटे पनि आत्मिक रूपमा सधैं आफूहरूसँगै रहिरहने बताउँछन् । आफ्नो पुर्खाको चिनो जगेर्ना गर्न सदैव तल्लिन रहिरहने उनको प्रतिबद्धता छ । 

‘उहाँकै प्रेरणाले म सांगीतिक क्षेत्रमा आएँ । सधैं स्मरण गरिरहनेछु,’ उनले भने, ‘किनकि उहाँजस्तो व्यक्ति अब हाम्रो पुस्ताले पाउने छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x