
फ्रान्सको उत्तर-पूर्वी सहर तोम्बलेनमा एउटा स्काईडाइभिङ विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको छ। सीएनएनका अनुसार विमानमा सवार कोही पनि जीवित भेटिएका छैनन्।
विमान स्थानीय समय अनुसार आइतबार बिहान ११ बजे स्काईडाइभिङ सेसनका क्रममा दुर्घटनामा परेको हो । विमानले ११ जना यात्रु बोकेको थियो।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा पाँच जना स्काईडाइभिङ प्रशिक्षक र पाँच जना स्वतन्त्र नर्सहरू रहेको समाचारमा उल्लेख छ । दुर्घटनामा विमानका पाइलटको पनि मृत्यु भएको छ।
घटनालगत्तै ठूलो सङ्ख्यामा आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो। स्थानीय अधिकारीहरूका अनुसार घटनास्थलमा प्रहरी टोलीका साथै ५० जनाभन्दा बढी अग्निनियन्त्रकहरू खटाइएको थियो।
अमेरिकाको पश्चिमी मिसौरीमा स्काईडाइभिङ विमान उड्नेवित्तिकै दुर्घटना भएर १२ जनाको मृत्यु भएको केही हप्तापछि अर्को दुर्घटना भएको हो ।