
उत्तर कोरियाले पाँच हजार टनको नयाँ विध्वंसक युद्धपोत ‘काङ कोन’को सफल परीक्षण गरेको जनाएको छ।
राज्य सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार नेता किम जोङ उनले युद्धपोतको परीक्षणसँगै क्रुज मिसाइल प्रक्षेपण र विद्युतीय युद्ध प्रणालीको पनि निरीक्षण गरेका छन्। परीक्षणपछि उनले जहाजको बाँकी प्रक्रिया दुई महिनाभित्र पूरा गरी नौसेनालाई हस्तान्तरण गर्न निर्देशन दिएका छन्।
गत वर्ष उद्घाटनका क्रममा दुर्घटनाग्रस्त भएको ‘काङ कोन’ मर्मतपछि पुनः परीक्षण गरिएको हो। उत्तर कोरियाले आफ्नो नौसैनिक शक्ति र युद्ध निरोधक क्षमता थप सुदृढ बनाउने प्रतिबद्धता पनि दोहोर्याएको छ।