२६ असार २०८३, शुक्रबार

खामेनीको अन्त्येष्टि ६ दिनसम्म चल्ने

असार १९, २०८३
काठमाडौं
खामेनीको अन्त्येष्टि ६ दिनसम्म चल्ने

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि प्रक्रिया आगामी जुलाई ४ देखि ९ तारिख (असार २० देखि २५ गते) सम्म ६ दिनसम्म चल्ने भएको छ। 

इरानी अधिकारीहरूका अनुसार यो देशकै इतिहासकै सबैभन्दा ठुलो राजकीय अन्त्येष्टिहरूमध्ये एक हुनेछ।

ऐतिहासिक अन्त्येष्टि समारोहमा करिब १ करोड ५० लाख देखि २ करोडसम्म मानिसहरू सहभागी हुने अनुमान गरिएको छ। 

यति ठुलो सङ्ख्यामा जनसागर ओर्लिने सम्भावनालाई मध्यनजर गर्दै इरानभर उच्च सतर्कता (हाई अलर्ट) घोषणा गरिएको छ।

खामेनीको अन्त्येष्टिमा विश्वका ३० भन्दा बढी देशका नेता तथा प्रतिनिधिहरूका साथै ९० देशका धार्मिक प्रतिनिधिहरू सहभागी हुने भएका छन्। 

पाकिस्तान, रुस र चीनसहित कैयौँ देशहरूले आफ्नो उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने पुष्टि गरिसकेका छन्।

salt training

कमेन्ट गर्नुहोस्