२६ असार २०८३, शुक्रबार

पैदलयात्रुलाई दुःख दिने ३२ जना राजधानीबाट पक्राउ

असार २६, २०८३
काठमाडौं
पैदलयात्रुलाई दुःख दिने ३२ जना राजधानीबाट पक्राउ

नेपाल प्रहरीले काठमाडौँको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिने ३२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयदेखि जडीबुटी क्षेत्रमा सर्वसाधारणलाई जबर्जस्ती सवारीसाधनमा चढाउने, झोला तथा सामान तानेर दुःख दिएको भन्ने गुनासोका आधारमा निगरानीसहितको अभियान सञ्चालन गरिएको थियो । सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये अधिकांश दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा र सुनसरीका छन् । उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता कार्कीले सर्वसाधारणलाई कुनै व्यक्ति वा समूहले अनावश्यक दुःख दिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको सहायता नम्बरमा सम्पर्क गर्न आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्