चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
१. विक्रम संवत् २१७७
विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् विक्रम संवत् २१७७ सालको हो ।
एम्बुलेन्सले १ जना वृद्ध नेतालाई बेहोस अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महंगो लाइफ सेभिङ सुई दिइयो, जुन त्यो बेला चिकित्सा विज्ञानले पत्ता लगाएको थियो ।
होसमा आएपछि उनले भने, ‘यसभन्दा अघि मल्टिपल अर्गान फेलियर भएर सबै भाइटल अर्गानको ट्रान्सप्यालेन्ट गरेको थिएँ । बल्ल म सय वर्ष पुगें । राष्ट्रपति बन्ने धोको छ । कान्छी पत्नी बल्ल २० वर्ष पुगिन् । मलाई शारीरिक एवं मानसिक रूपमा जवान हुनुपर्नेछ । पैसाको चिन्ता छैन । स्विस बैंक, चाइना बैंक, इन्डिया बैंकदेखि प्रत्येक महादेशमा थुप्रै पैसा छ मेरो । पहिले कृत्रिम एवं मृत व्यक्तिको मस्तिष्क, मुटु, फोक्सो, कलेजो, किड्नी, स्नायु आदि प्रत्यारोपण गरेकाले स्वास्थ्य राम्रो भएन । यसपटक जीवित व्यक्तिहरूको सम्पूर्ण अङ्ग प्रत्यारोपण गर्नुपर्यो ।’
मानवता शून्य भएका पैसामा डुब्ने डाक्टरहरूले भने, ‘तपाईंका सबै अङ्ग ड्यामेज भएका छन् । छाला पनि रिपियर गर्न नमिल्ने भएको छ । फेरि अङ्गहरू म्याच पनि हुनुपर्यो । घटीमा १० जना स्वस्थ व्यक्ति तपाईंका लागि बलिदान हुन तयार हुनुपर्दछ । यो सम्भव छैन । हामी अर्गान बैंकमा रहेका अङ्ग प्रत्यारोपण गर्छौं । केही वर्ष स्वास्थ्य लाभ हुन्छ ।’
वृद्ध नेताले भने, ‘लिनुहोस् यो स्विस बैंकको अनलिमिटेड कार्ड । भोलि शहरमा दङ्गा हुनेछ, प्रहरीले बल प्रयोग गर्नेछ । सबै एम्बुलेन्सले घाइतेहरूलाई यही अस्पतालमा ल्याउने छन् । उपचारको क्रममा उनीहरूको मृत्यु हुनेछ ।’
... ...
२. आन्द्रामा घाउ
एक जना वृद्ध दुर्गमदेखि उपचार गर्न सुगमको एक निजी अस्पताल गए । डाक्टरले उनलाई सोधे, ‘के हुन्छ बा तपाईंलाई ?’
चिकित्सकको पहिलो प्रश्नको उत्तर दिए, ‘आन्द्रामा घाउ भएको छ ।’
‘कसरी थाहा पाउनुभयो, आन्द्रामा घाउ भएको छ भनेर ?’ त्यसपछि चिकित्सक चर्को स्वरमा बोले, ‘आजभोलि कस्ता–कस्ता बिरामी आउँछन् भने, आफ्नो रोगको डाइग्नोसिस आफैं गर्छन् ।’
वृद्धले डराएको स्वरमा भने, ‘पेट पोल्छ, केही खायो भने चहराउँछ, दिसा पनि रगत पचेर होला कालो आउँछ । घाउ नभई कसरी रगत आउँथ्यो र ?’
त्यसपछि चिकित्सकले रगत, दिसा, पिसाब, पेटको अल्ट्रासाउन्ड, इन्डोस्कोपी र कोलोनोस्कोपी गरेर रिपोर्ट ल्याउन भने ।
उनले अनिच्छापूर्वक सबै जाँच गरे । अलिकति कुट्की, पाषाणभेद र पाँचऔंले बेचेको पैसा जाँचपड्तालमै सकियो ।
अर्को दिन उनी रिपोर्ट बोकेर डाक्टरलाई भेट्न गए । अस्पतालमा झण्डै १ दर्जन सेतो कोट लगाएका सिकारूलाई उनले रिपोर्टबारे बताए ।
‘ओकल्ट ब्लड पोजिटिभ छ, इन्डोस्कोपी गर्दा आन्द्रामा घाउ देखिएको छ । अरू सबै रिपोर्ट नर्मल छ ।’
उनीहरूले वृद्धलाई भने, ‘बाजे, तपाईंको आन्द्रामा घाउ भएको छ, अरू केही रोग देखिएन ।’
वृद्धले भने, ‘मैले शुरूमै आन्द्रामा घाउ भएको छ भनेको थिएँ । बेकारमा अनेक जाँच गरेर मेरो पैसा सत्यनाश पारिदिए । त्यही बेला घाउ सुक्ने औषधि लेखिदिएको भए म अहिले बेखर्ची त हुने थिइनँ !’
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...