काठमाडौं, ७ जेठ - यसवर्षको उत्तम कुँवर स्मारक पुरस्कार डा रवीन्द्र समीरद्वारा लिखित 'भूकम्पमा मल्हमपट्टी' नामक संस्मरणात्क कृतिलाई दिइने भएको छ ।

नेपाली साहित्यिक पत्रकारिताका हस्ती स्वर्गीय उत्तम कुँवरको सम्झनामा स्थापित उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि निवन्ध, संस्मरण, आत्मकथा, जीवनी जस्ता आख्यानेत्तर गध कृतिहरुलाई प्रत्येक वर्ष सो पुरस्कार प्रदान गर्दै आएको छ ।
जसअनुसार २०७३ सालभरिमा प्रकाशित गैरआख्यान कृतिमध्ये गुठीको पुरस्कार चयन समितिले भूकम्पमा मल्हमपट्टी कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
सो कृतिमा कुँवरले भूकम्पको बेला अनुभूत गरेका भावहरुलाई सुन्दर, सरल र सहज शिल्पकासाथ लेखनको रुपमा समाजका सामु प्रस्तुत गरेका छन् ।
पुरस्कार राशी नगद ५० हजार र ताम्रपत्र रहेको छ भने पुरस्कार यही जेठ १२ गते प्रदान गरिने छ ।