×

NMB BANK
NIC ASIA

सर्वोच्चको फैसलापछिको तरंग

अदालतको फैसलाले राजनीतिमा ९ रेक्टरको भुइँचालो, अप्ठ्यारोमा माधव नेपाल र बादल !

फागुन २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीतिमा ठूलो तरंग पैदा भएको छ ।

Muktinath Bank

यससँगै तत्कालीन एमालेको अध्यक्षको हैसियतमा सूर्य चुनाव चिह्न केपी शर्मा ओलीसँगै रहनेछ भने प्रचण्ड-नेपाल पक्षमा लागेका माधवकुमार नेपाल पक्षका सांसदहरू र केपी शर्मा ओलीतिर लागेका माओवादी केन्द्रका सांसदहरूको राजनीतिक भविष्य पनि अन्योलमा परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानूनत: उनीहरूसँग कि पुरानै पार्टीमा फर्किने कि त सांसद पद गुमाउन तयार हुनुपर्ने अवस्था छ । 


Advertisment
Nabil box
Kumari

नेकपा विभाजनको कसरतका बीच सर्वोच्चको फैसलाले २०७५ जेठ २ कै स्थितिमा पुर्‍याइदिएको हो । २०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा जन्मिएको थियो ।

Vianet communication
Laxmi Bank

न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिँदै साविक एमाले र माओवादी केन्द्र ब्युँताइदिएको हो ।

अदालतले दिएको फैसलामा पुन: एकीकरण गर्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रक्रिया पुर्‍याएर एकीकरण गर्नसमेत भनिएको छ ।

अर्कैको नाममा दर्ता भएको एमाले र माओवादी केन्द्र अब के हुन्छ ?

साविकका एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपा एकिकरण हुनुभन्दा अघिकै अवस्थामा पुगेको हो । तर पार्टी एकीकरणपछि पुनः दर्ता भएको एमालेको अध्यक्षमा सन्ध्याकुमारी तिवारी छन् भने माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती छन् । 

सर्वोच्चले पुरानै पार्टी कायम रहने फैसला गरिदिएपछि नाममा पुनः समस्या आउने देखिन्छ । किराँती र तिवारीले आफ्नो स्वामित्वमा रहेको माओवादी केन्द्र र एमाले सहज हस्तान्तरण गर्न तयार भएनन् भने पार्टीकै नाममा झन् कानूनी जटिलता निम्तिने देखिन्छ । 

संविधानविद् भीमार्जुन आचार्यले सर्वोच्चको फैसलाले थप संवैधानिक र कानूनी जटिलता निम्त्याएको बताए । 

लोकान्तरसँग उनले भने, 'अर्कैको नाममा दर्ता गरिएका पार्टीमै अदालतले नेकपाका दुई पक्षहरूलाई फर्काइदिएको छ । अदालतले फैसला नै गरिसकेपछि २०७५ साल जेठ ३ गतेपछि पुनः दर्ता गरिएका पुराना पार्टीहरूको वैधानिकताको प्रश्न पनि उठ्न सक्छ ।'

सरकार संविधानको धारा ७६ को उपधारा १ बाट २ मा शिफ्ट !

संविधानविद् आचार्यले ओली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा १ बाट उपधारा २ मा शिफ्ट भएको प्रतिक्रिया दिए । 

'आजको सर्वोच्चको निर्णयले ओली नेतृत्वको सरकारलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिमको हैसियत प्रदान गरेको छ,' आचार्यले भने, 'यदि प्रचण्ड नेतृत्वको दलले समर्थन फिर्ता लिएको अवस्थामा सरकार उपधारा ३ अन्तर्गत पुग्छ । दुवै अवस्थामा विश्वासको मत लिनु आवश्यक हुन्छ ।'

ओलीनिकट मानिएका नेता सुवासचन्द्र नेम्वाङले पनि सरकारले विश्वासको मत लिन आवश्यक रहेको बताए । 

'अदालतले नेकपालाई पुरानै दुई पार्टीमा फर्काइदिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ,' नेम्वाङले लोकान्तरसँग भने । 

ओलीतिर लाग्ने पूर्व माओवादी र माधवकुमार नेपाल पक्षलाई सकस 

सर्वोच्च अदालतको फैसलाले यतिबेला सबैभन्दा धेरै माधवकुमार नेपाल पक्षलाई सकसमा पारेको छ ।

ओली अध्यक्ष र संसदीय दलको नेता रहेको एमाले ब्यूँताउने निर्णयले माधवकुमार नेपाल र उनीपक्षीय  सांसदहरूको पद समेत धरापमा पार्नसक्ने अवस्था छ । त्यस्तै

ओली पक्षमा लागेका पूर्व माओवादीका ५ जना सांसदको पद पनि संकटमा पर्ने देखिन्छ ।

राष्ट्रिय सभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा बादल तथा प्रतिनिधि सभा सदस्यहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी ओली पक्षमा लागेका छन् ।

दुवै पक्षमा लागेका विपरीत पार्टीका सांसदहरूलाई संसदीय दलको नेताको हैसियतले एकले अर्कालाई कारवाही गर्न सक्ने कानूनी प्रावधान छ ।

संविधानविद् आचार्यले भने, 'आयोगले निर्णय नदिनेबेलासम्म नेकपा प्राविधिक रूपमा एक नै छ । आयोगको निर्णय आउनुअघि प्रचण्ड-नेपाल पक्षले ४० प्रतिशतको प्रावधानअनुसार छुट्टिने निर्णय गरेमा जोगिन सकिन्छ ।'

छलफलमा प्रचण्ड-नेपाल 

सर्वोच्चको फैसला आएलगत्तै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै भनेका थिए– 'अदालतको यस्तो फैसला हामीले अपेक्षा गरेका थिएनौं । फैसलाका बारेमा थप बुझेपछि मात्र टिप्पणी गर्छौं ।'

त्यसलगत्तै प्रचण्ड, नेपाल र अन्य नेताहरू छलफलमा जुटेका छन् । 

नेकपाका सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्चको फैसलापछि पुनरावलोकनमा जान सकिने बताए ।

‘सर्वोच्चको फैसलाले बोल्नु पर्ने भन्दा पनि बढी बोल्यो । सर्वोच्चले नाम मिलेन नयाँ लिएर जानुस् भन्नुपर्थ्यो होला,’ बिडारीले भने, ‘साविकको पार्टी फेरि एकीकरण हुन सजिलो छैन ।’

ओलीले गरे सर्वोच्चको फैसलाको स्वागत 

प्रतिनिधि सभा बैठकमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए । 

फैसलाको पूर्ण पाठ आफूले हेर्न नभ्याएको तर फैसलाको सम्मान गर्ने भन्दै ओली संसद भवनबाट बाहिरिएका थिए ।

ओलीसँगै ओलीनिकट अन्य नेताहरू पनि सर्वोच्च अदालतको फैसलाले खुशी भएका छन् । 

नाम उल्लेख नगर्ने शर्तमा ओलीनिकट एक सांसदले भने, 'अब माधवकुमार नेपाल फुटेर जान चाहे ४० प्रतिशत पुर्‍याएर प्रचण्डतिर गए हुन्छ । हामीले माधवकुमार नेपाललाई प्रचण्डको कार्यकर्ता हुन नजानुस् भनिरहेका थियौं ।

अदालतले हाम्रै पक्षमा निर्णय गरेको छ । आजको फैसलाले प्रचण्ड-नेपाल समूहमा ९ रेक्टर स्केलको भुइँचालो गएको छ ।'

बच्ला त सरकार ?

अदालतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन बहुमत सांसद पुर्‍याउनुपर्ने हुन्छ । 

तर एमालेको जम्मा सांसद संख्या १ सय २१ छ । बहुमत पुर्‍याउन १ सय ३८ सांसद चाहिन्छ । त्यसका लागि जसपा या कांग्रेसको सहयोग चाहिन्छ । 

ओलीले एमाले एक रहेकै अवस्थामा कांग्रेस या जसपामध्ये कुनै एउटा पार्टीको समर्थन पाए भने सरकार बच्न त सक्छ । माधवकुमार नेपालतिर लागेका सांसदहरूको भूमिका के हुन्छ, त्यसको महत्त्वपूर्ण भूमिका देखिन्छ । 

आफू संसदीय दल र एमालेको अध्यक्षका हैसियतले ओलीले नेपाल पक्षका सांसदहरूलाई कारवाही गर्न पनि सक्छन् ।

नाम र चुनाव चिह्न ओलीतिर रहने भएकाले नेपाल पक्षका केही सांसदहरू ओलीतिर लाग्ने सम्भावना पनि देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x