२७ असार २०८३, शनिबार

दोस्रो बिहे गर्न नपाएपछि आत्महत्या गर्न बिजुलीको पोलमा चढे यी ६० वर्षीय वृद्ध

फागुन २६, २०७७
दोस्रो बिहे गर्न नपाएपछि आत्महत्या गर्न बिजुलीको पोलमा चढे यी ६० वर्षीय वृद्ध

परिवारमा ५ छोराछोरी रहेका ६० वर्षीय वृद्धले दोस्रो बिहे गर्न जिद्दी गर्‍यो भनेर पत्याउन गाह्रो पर्ला । तर भारतको राजस्थानबाट यस्तै समाचार बाहिरिएको छ ।

राजस्थानको धौलपुरमा ५ सन्तानका बुवा र नातिनातिनीका बाजे बनिसकेका ६० वर्षीय वृद्ध सोबरन सिंह आत्महत्या गर्ने उद्देश्यले ११ हजार भोल्टेज क्षमताको बिजुलीको पोलमा चढे । आफूले दोस्रो बिहे गर्न पाउनुपर्ने भन्दै ती वृद्धले परिवार र बच्चाहरूमाथि दबाब दिँदै आएका थिए ।

सौभाग्य नै मान्नुपर्छ, जतिबेला ती वृद्ध पोलमा चढेर तारलाई छुनै लागेका थिए, त्यतिबेला तारमा बिजुली थिएन । जसले गर्दा ती वृद्ध मृत्यु हुनबाट जोगिए ।

वृद्धको उद्देश्य थाहा पाएपछि परिवार र गाउँलेले स्थानीय बिजुली सवस्टेसनका कर्मचारीलाई खबर गरेपछि लाइन काटिएको थियो ।

गाउँले र परिवारले सम्झाएपछि बल्ल ती वृद्ध पोलबाट बाहिर ओर्लिए । ती वृद्धकी पत्नीको मृत्यु ४ वर्षअघि भएको थियो ।

वृद्धका ३ छोरा र २ छोरी रहेका छन् । पाँचै छोराछोरीको बिहे पनि भइसकेको छ । वृद्धका नातिनातिनी समेत भइसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तो अवस्थामा ती वृद्धले बिहे गर्न जिद्दी गर्दै आत्महत्या नै गर्न तम्सिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्