०७ साउन २०८३, बिहीबार

सपना सम्बन्धी १४ तथ्य, उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसक्छन्

कात्तिक २२, २०८०
सपना सम्बन्धी १४ तथ्य, उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसक्छन्

काठमाडौं— हामी सपना किन देख्छौं र सपनाको के अर्थ लाग्छ भन्ने बारेमा हामी जिज्ञासु रहन्छौं । हाम्रो दिमाग सुतेपछि कसरी प्रोजेक्टर बन्न पुग्छ अनि आँखा कसरी स्क्रिन बन्न पुग्छ जसमा छविहरू नाच्छन् भन्ने कुरा रमाइलो छ । आउनुस्, जानौं सपना सम्बन्धी केही तथ्य :

१. बच्चाहरू तीन—चार वर्षको नहुँदासम्म आफ्नो बारेमा सपना देख्दैनन् ।
२. निद्रामा घुर्ने मान्छेले घुरेका बेलामा सपना देख्दैनन् ।

३. एक औसत व्यक्तिले जिन्दगीको ६ वर्ष सपना देखेर बिताउँछ ।
४. पर्सनालिटी डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त व्यक्तिले सपना देख्दैनन् ।

५. हामी उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसकेका हुन्छन् ।

६. हामी सपनामा आफूले पहिल्यै भेटिसकेका मान्छेलाई मात्र देख्छौं ।

७. केही दुर्लभ केसमा मान्छेले पछि हुने कुरा सपनामा देख्छन् ।

८.  तपाईं सपनामा किताब पढ्न र समय बताउन सक्नुहुन्न ।

९.  हामी एक रातमा सातवटासम्म सपना देख्न सक्छौं ।

१०.  मान्छेको दिमाग जागृत अवस्थामा भन्दा स्वप्न अवस्थामा बढी सक्रिय हुन्छ ।

११.  जनावर पनि सपना देख्छन् ।

१२.  दृष्टिविहीन पनि सपना देख्छन् ।

१३. ईशापूर्व ४००० मा इजिप्सियनहरूले स्वप्न शब्दकोश तयार पारेका थिए।

१४. सपना देख्दा तपाईंको शरीर पक्षघातको अवस्थामा हुन्छ ।

कमेन्ट गर्नुहोस्