०७ असार २०८३, आइतबार

घरमा कुन ठाउँमा राख्ने तुलसीको बोट ? यसो भन्छ वास्तुशास्त्र

चैत २०, २०७७
घरमा कुन ठाउँमा राख्ने तुलसीको बोट ? यसो भन्छ वास्तुशास्त्र

तुलसीको बोट औषधीय गुणले भरपूर छ अनि हिन्दू धर्मावलम्बीको आस्थाको प्रतीक पनि हो । 

तर तुलसीको बोट सही दिशामा राख्दा मात्र यसको पुण्यफल प्राप्त हुन्छ । 
 

वास्तुशास्त्र अनुसार तुलसीको बोटको सही दिशा कुन हो ?

खासमा तुलसीको बोट घरको आँगनमा, केन्द्र भागमा वा पूर्वोत्तर दिशामा राख्नुपर्छ । बाल्कोनीमा वा झ्यालको उत्तर वा उत्तरपूर्व दिशामा पनि राख्न सक्नुहुन्छ । 

तुलसीसँग सिउँडी वा काँडादार कुनै पनि बोटबिरुवा राख्नुहुँदैन । 

उत्तरपूर्व दिशा धनका देवता कुबेरको दिशा मानिन्छ । त्यसैले आर्थिक समृद्धिका लागि तुलसी उत्तरपूर्व दिशामा राखेको राम्रो हुन्छ । 

तुलसी घरमा राख्दा अवश्य पूजा गर्नुपर्छ । तुलसीको मोठमा साँझ दियो बाल्दा माता लक्ष्मीको कृपा बर्सिन्छ भन्ने मान्यता छ । 

वास्तुका दोषलाई पनि तुलसीले निवारण गर्छ ।

तर तुलसी राखेको ठाउँ जहिले पनि सफासुग्घर राख्नुपर्छ ।
 

कमेन्ट गर्नुहोस्