राजनराज शिवाकोटीले संगीतबद्ध गरेको लोकप्रिय गीत फूलबुट्टे सारीको संस्कृत संस्करण शुक्रवार सार्वजनिक गरिएको छ ।
यसअघि यस गीतका अफ्रिकी तथा पञ्जाबी संस्करण कभर गीतका रूपमा सार्वजनिक भइसकेका छन् ।
संस्कृतमा यस गीतलाई जागरण घिमिरेले गाएका हुन् भने संस्कृत भाषा रूपान्तरण केएन स्वामीले गरेका हुन् ।
केएन अफिसियल नामक यूट्युब च्यानलमा गीत सार्वजनिक गरिएको हो ।
संस्कृत भाषामा गीतको बोल फुल्लचित्र शाटी हो ।