अमेरिकाको टेक्ससका एक व्यक्तिले तीनवटा आँखा भएको मुसा जस्तो देखिने एक जीवको भिडियो सामाजिक सञ्जालमा राखेपछि चर्चाको विषय बनेको छ ।
भिडियो हेरेर धेरै मानिसको सातो गयो ।
भिडियोमा यो तर्साउने जीवको तीनवटा आँखा देखिन्छ । त्यसको पुच्छर पनि लामो छ र केही भागमा घना रौं छ ।
मुसा सडकमा हिँडिरहेको थियो ।
यो रहस्यमय जीव मानिससँग डराउँदैन जस्तो देखिन्छ । जीवको तेस्रो आँखा भगवान् शिवको जस्तो गरी दुई आँखाको बीचमा छ ।
भिडियो टिकटकमा पहिलोपटक अप्लोड गरिएको थियो । यो कहाँ खिचिएको हो भन्ने थाहा हुन सकेको छैन ।
एक प्रयोगकर्ताले यो जीव मुसा र लोखर्केको हाइब्रिड रूप स्क्विराट भएको हुन सक्ने लेखे ।