अमेरिकाको फ्लोरिडामा रहेकी एक नर्सले जूममार्फत भइरहेको अदालती सुनुवाइकै क्रममा पुरुष रोगीको नितम्बमा सुई हानेकी छन् । भर्चुअल कोर्टरूममा उक्त पुरुषको नितम्ब सबैले देखे ।
निउर्का अग्वेरो नामक ती नर्स बुधवार फ्लोरिडाको ११औं सर्किट कोर्टका न्यायाधीश टमस रिबुलको इजलासमा आफ्नो पालो कुरेर बस्दा खाली हात बस्न सकिनन् । उनले आफ्नो काम पनि भ्याइन् ।
मेडिकल गाउन र पञ्जा लगाएर हातमा सुई लिएर अग्वेरोले पुरुष रोगीको नितम्बमा घोचिन् ।
उक्त दृश्य देखेका सबैजना छक्क परेका थिए ।
अग्वेरोको कामको तस्वीर ट्विटरमा मायामी हेराल्डका डेभिड ओभालले पोस्ट गरेपछि भाइरल बनेको थियो ।
अग्वेरोविरुद्ध चोरीको आरोप छ र अदालतमा मुद्दा चलिरहेको छ । महामारीमा जूमबाटै अदालती सुनुवाइ हुने गरेको छ ।
MIAMI ZOOM COURT: We’ve reached peak 305. Someone appears to be getting a butt injection while appearing in a virtual hearing pic.twitter.com/2bRK3IATQz
— David Ovalle (@DavidOvalle305) April 21, 2021